बन्ने भयाे इन्द्रावती सबस्टेशन भवन, निर्माणको लागि बोलपत्र आह्वान

मेलम्ची । गतबर्षको बाढीले क्षति पुगेपछि बन्द भएको इन्द्रावती सवस्टेशन पुनः संचालनको लागि भवन निर्माण हुने भएको छ । गतबर्षको अविरल बर्षासंगैको बाढीले सवस्टेशनको भवनलाई पुर्ण क्षति पु¥याएको थियो भने फिडर,व्याट्री व्यापअप लगायतको केही इलोक्ट्रोनिक्स सामाहरु बढीले बगाएको थियो । भवन निर्माणका लागि नेपाल विधुत प्राधिकरण, खिम्ती ग्रिड शाखा देवीटार, रामेछापले ठेक्का आह्वान गरेको हो […]

Continue Reading

हेलम्बु गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास

हेलम्बु । हेलम्बु गाउँपालिकाको प्रशासनिक भवनको शिलन्यास गरिएको छ। आज एक कार्यक्रमका बीच हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जन शेर्पाले पालिका भवनको शिलान्यास गरेका हुन् । २३ करोड १९ लाख लागत अनुमान रहेको उक्त भवन विश्रान्ति निर्माण सेवाले १४ करोड २३ लाख ४६ हजार ५७१ रुपैयाँ २४ पैसामा आउँदो वर्षको पुष भित्रमा सम्पन्न गर्ने गरी गत […]

Continue Reading

पाँचपोखरी थाङपालमा टेलिमेडिसिन सेवा सुरु

स्वास्थ्य सेवा पहुँचलाई प्रविधिमैत्री बनाउने उद्देश्यले पाँचपोखरी थाङपाल गाउँपालिकामा टेलिमेडिसिन सेवा सुरु गरिएको छ। भक्तपुर अस्पतालसँगको सहकार्यमा सञ्चालित यो सेवा आज परिक्षण चरणमा सफलतापूर्वक सम्पन्न गरिएको छ। प्रदेश स्वास्थ्य मन्त्रालयका मन्त्री किरण थापाको प्रस्तावलाई सहर्ष स्वीकार गर्दै गाउँपालिका अध्यक्ष टासी लामाले निर्देशन दिएअनुसार सेवा सञ्चालन गरिएको हो। टेलिमेडिसिनमार्फत अब स्थानीय बासिन्दाले भक्तपुर अस्पतालका विशेषज्ञहरूसँग प्रत्यक्ष […]

Continue Reading

मेलम्चीमा “अपाङ्गता नीति, व्यवस्था तथा आर्थिक समावेशीकरण” विषयक कार्यशाला सम्पन्न

टुकी संघ सुनकोशीको आयोजना तथा मेलम्ची नगरपालिकाको समन्वयमा “अपाङ्गता नीति, व्यवस्था तथा आर्थिक समावेशीकरण” विषयक एक दिने अभिमुखीकरण कार्यशाला आज सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले अपाङ्गता भएका व्यक्तिहरूप्रति राज्य तथा निजी क्षेत्रको उत्तरदायित्व सुनिश्चित गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले अपाङ्गता भएका नागरिकहरूको अधिकार, पहुँच, […]

Continue Reading

एमसिए नेपालसँग विद्युत प्रसारण आयोजना सम्बन्धमा मेलम्चीका ४ वडाहरुले गरे ध्यानाकर्षण

नवलपुर । एमसिए नेपालसँग विद्युत प्रसारण आयोजना सम्बन्धमा मेलम्चीका ४ वडाहरुले गरे ध्यानाकर्षण सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका वडा नं. १ देखि ४ सम्मका वडा अध्यक्षहरूले मिलेर आज (एमसिए) नेपालका कार्यकारी निर्देशकसँग भेट गरी विद्युत प्रसारण आयोजनाबाट उत्पन्न समस्याबारे गम्भीर ध्यानाकर्षण गराएका छन्। एमसिए नेपालद्वारा निर्माण हुन लागेको विद्युत प्रसारण लाइनका कारण ती वडाका नागरिकहरू प्रत्यक्ष प्रभावित […]

Continue Reading

हेलम्बुको ब्ल्याल्चे झरनामा आन्तरिक पर्यटककाे घुईँचाे

श्याम लामिछाने हेलम्बु, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–७, सुल्सिङमा अवस्थित ब्ल्याल्चे झरना यतिबेला आन्तरिक पर्यटकको मुख्य गन्तव्य बन्न थालेको छ। तामाङ्ग संस्कृतिको अर्थ बोकेको ‘ब्ल्याल्चे’ नामले चिनिएको यस झरनाले अहिले प्राकृतिक सौन्दर्यका खोजीमा निस्केका घुमन्तेहरूको ध्यान तान्न थालेको छ। अहिले झरनासम्म पुग्ने बाटोहरु विस्तार हुँदै गएका छन्, जसले गर्दा पैदल यात्रु मात्र नभइ निजी सवारी र समूहगत […]

Continue Reading

पाँचपोखरीमा कोसेली घर स्थापनाबारे अन्तरक्रिया सम्पन्न

पाँचपोखरी थाङपाल गाउँपालिकामा उत्पादित कृषि उपजहरुको बजारीकरण, कोसेली घर स्थापना तथा व्यवस्थापनबारे अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका, सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (CSRC), मुना कृषि लिमिटेड (मुना बजार), तथा उत्पादनमा संलग्न ४ वटा कृषि सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा विभिन्न सुझाव र योजनाहरु प्रस्तुत गरिएको थियो। कोसेली घर स्थापनाका सम्भावनाबारे थप जानकारी […]

Continue Reading

उद्योगी, व्यवसायीलाई एक दिवसीय अभिमुखीकरण कार्यक्रम मेलम्चीमा सम्पन्न

नेपाल घरेलु तथा साना उद्योग महासंघ, सिन्धुपाल्चोकको आयोजनामा एक दिवसीय अभिमुखीकरण कार्यक्रम बुधबार मेलम्चीमा सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आफ्नो धारण राख्नुहुँदै प्रमुख तामाङले साना तथा घरेलु उद्योगलाई स्थानीय अर्थतन्त्रको मेरुदण्डका रूपमा व्याख्या गर्नुभयो। स्थानीय स्रोत, सीप र श्रमको उपयोग गर्दै मेलम्चीलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन साना […]

Continue Reading

थाङपालधापमा विद्यार्थीहरुको विद्युतीय हाजिरी मार्फत दैनिक हाजिरीको सुरुवात

तिपेनी । पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं. ६ मा रहेको सामुदायिक ‍विद्यालय थाङ्पालधाप मा.विका विद्यार्थीहरुले स्मार्ट कार्ड मार्फत हाजिरी गर्न सुरु गरेका छन । प्रविधी मैत्री विद्यालय विकासको निमित्त  विद्यार्थीहरुको विधुतिय हाजिरी मार्फत दैनिक हाजिरीको सुरुवात गरिएको छ । यो जिल्लामै पहिलोपटक अभ्यास गरिएको बिद्यालयले जनाएको छ ।बिद्यालयले शैक्षिक सत्र २०८२ को लागि ७ ओटा […]

Continue Reading

बिजुली समस्या समाधानमा ढिलासुस्ती, माओवादी केन्द्रद्वारा समाधानका लागि प्राधिकरणलाई ज्ञापनपत्र

मेलम्ची । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पाँचपोखरी थाङपाल गाउँपालिका समितिले नेपाल विद्युत प्राधिकरण हेलम्बु – मेलम्ची वितरण केन्द्रलाई ज्ञापनपत्र बुझाउँदै विद्युत सेवा प्रवाहमा देखिएको असमानता, ढिलासुस्ती र लापरबाहीप्रति कडा आपत्ति जनाएको छ। ज्ञापनपत्रमा स्थानिय बासिन्दाहरू लामो समयदेखि विद्युत अवरुद्ध भएर समस्यामा परिरहेको, तर विद्युत प्राधिकरणले समस्या समाधानमा चासो नदिएको गुनासो गरिएको छ। माओवादी केन्द्रका […]

Continue Reading