चौतारा नगरपालिकाले विद्यार्थी सङ्ख्याको आधारमा शिक्षक दरबन्दी समायोजन गर्ने

रेडियो मिसन, चौतारा ।चौतारा साँगाचोकगढी नगरपालिकाले नगरमा रहेका ८१ वटै विद्यालयमा विद्यार्थी सङ्ख्याको आधारमा शिक्षक संख्या समायोजन गर्ने भएको छ । नगरपालिकाकी उपप्रमुख सिता थापाको नेतृत्वमा भएको सबै विद्यालयको अनुगमनबाट प्राप्त प्रतिवेदनको आधारमा शिक्षक दरबन्दी मिलानको तयारी गरिएको हो । नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा आज बसेको नगर शिक्षा समितिको बैठकले विद्यालय नक्साङ्कन तथा अनुगमन […]

Continue Reading

हेलम्बुमा टिचिङ सेन्टरको सुरुवात

रेडियो मिसन, हेलम्बु । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले आफ्नो पालिकामा शिक्षण केन्द्र (टिचिङ सेन्टर) केन्द्र स्थापना गरेको छ । पालिकाको शैक्षिक गुणस्तर विकासको लागि यो अवधारणामा आजबाट टिचिङ सेन्टर सुरु गरिएको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । २१ औं शताब्दिको शिक्षालाई बस्तुवादी, वैज्ञानिक, व्यवहारिक र जिवनोपयोगी बनाउन यो अवधारणा ल्याईएको उहाँको भनाइ छ । […]

Continue Reading

माध्यामिक तह सम्मको शिक्षा निःशुल्क लिन पाउने अधिकार स्थानीय तहले कार्यान्वयन गर्नुपर्छ – सांसद बस्नेत

रेडियो मिसन, बाह्रबिसे ।नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सरकारले अब कक्षा १ देखि १२ सम्म निशुल्क पढाउन पर्ने बताउनुभएको छ। सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सांसदसमेत रहनुभएका बस्नेतले नेपालको संविधानले दिएको अधिकारलाई सरकारले बेवास्ता गरेर निम्न वर्गका नागरिकको शिक्षा पाउने अधिकारलाई बञ्चित गरेको आरोप लगाउँदै सरकारले देशभरका स्थानीय तहले कक्षा १ देखि १२ सम्म निःशुल्क […]

Continue Reading

सिम्पालेश्वरीको ५८ औं बार्षिकोत्सव सम्पन्न

रेडियो मिसन, नवलपुर । इन्द्रावती गाउँपालिका १ मा रहेको सिम्पालेश्वरी माध्यमिक बिद्यालयको ५८ औं वार्षिकोत्सव सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समिती अध्यक्ष आइतामान तामाङको सभापतित्व र वडा नम्बर १ का अध्यक्ष चीन लाल तामाङको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रममा प्रमुख अतिथि नेपालले सिम्पालेश्वरी माविमा आगामी […]

Continue Reading

भिमेश्वरी माविको ६१ ओै बार्षिक उत्सव सम्पन्न

रबिन दनुवार, भिमटार ।इन्द्रावती गाउपालिका वडा नम्बर १२ भिमटारमा रहेको भिमेश्वरी माध्यमिक विद्यालयले मंगलबार आफ्नो ६१ ओेै वार्षिकोत्सब विभिन्न कार्यक्रम गरी मनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सांसद माननीय मोहन बहादुर बस्नेतले स्थानीय सरकारसँग समन्वय गरि बिद्यालयमा प्रविधिक शिक्षाको निम्ति पहल गर्ने बताउनुभयो ।बस्नेतले विगतमा वंशलाल तामाङको नेतृत्वको स्थानीय […]

Continue Reading

बाबुआमा विहिन बालबालिकाको संरक्षण ईन्द्रावतीले गर्ने

रेडियो मिसन, नवलपुर ईन्द्रावती गाँउपालीकाले आमाबाबु विहीन बालबालीकाहरुको शंरक्षणमा अग्रसरता देखाएको छ । बागमती प्रदेश सरकारबाट सशर्त अनुदान प्राप्त कार्यक्रम अनुसार गांउपालिकाले यो कामको सुरुवात गर्न लागेको हो । गाउँपालीकाभित्रका आमा बाबु दुवै गुमाएका बालबालिकाको स्वास्थ्य, शिक्षा र पोषणको सुनिश्चितताका लागि आमा बाबु विहिन बालबालिका संरक्षण कार्यक्रम सञ्चालन हुने गाँउपालीकाका अध्यक्ष झम्कनाथ नेपालले बताउनुभयो । […]

Continue Reading

जन्मदिनमा थापाद्धारा इष्ट प्वेइन्टलाई ५० हजार नगद सहयोग

रेडियो मिसन, हेलम्बु । हेलम्बु हेल्पिङ टिमका अध्यक्ष तथा सफल व्यवसायी दिनोश थापाले जन्मदिनको अवसरमा इष्ट प्वेइन्ट एकेडेमीलाई सहयोग गर्नुभएको छ । न्यू हेलम्बु सप्लायर्सका प्रोपाइटर समेत रहनुभएका थापाले विद्यालय पुनः निर्माणको लागी पचास हजार रुपैया नगद सहयोग गर्नुका साथै ४० जना बिद्यार्थीहरुको लागी स्टेसनरी सामाग्री पनि वितरण गर्नुभएको बिद्यालयका प्रधानाध्यापक दामोदर भारतीले जानकारी दिनुभयो […]

Continue Reading

महीनावारी शुरक्षाका लागी भेण्डीङ मेसिन वितरण

विराट नेपाल मेडिकल ट्रष्टद्धारा स्यानिटरी प्याड भेण्डिङ मेसिन बितरण इन्द्रावती गाउँपालिकामा विराट नेपाल मेडिकल ट्रष्टले स्यानिटरी प्याड भेण्डिङ मेसिन बितरण गरेको छ । कार्यक्रमको अवसरमा सभाध्यक्ष तथा ईन्द्रावती गाँउपालीकाका अध्यक्षले गाँउपालीकाले स्वास्थ्यको क्षेत्रका बजेट सहीत काम गरीरहेको र दक्ष जनशक्तिबाट चुस्त सेवा दीन प्रतिबद्ध रहेको उहाँले ताउनुभएको छ । यो मेसिन विद्यालयमा वितरण गरेको मेसिनले […]

Continue Reading

जलवाईदेवि माविमा अज्ञात समुहद्धारा तोडफोड, कारवाही गर्न विद्यालयको माग

मेलम्ची नगरपालिका वडा नम्बर ८ क्यौरानीको जलवाईदेवि माध्यमिक विद्यालयको कार्यालय कोठा, कम्प्युटर ल्याब, स्टोर र लेखा शाखा तोडफोड गर्नुका साथै त्यहाँका सामाग्रिमा क्षति भएको छ । हिजो राती अज्ञात समुहले विद्यालयमा रहेका डेस्क्टप कम्प्युटर ३२ थान, प्रीन्टर ३ थान, सोलार प्यानल युपिएस् १ थान, वाइफाई राउटर १ थान पुर्ण रुपमा क्षति हुनुका साथै कार्यलयको दाराज […]

Continue Reading

सार्वजनिक यातायातमा छुटको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा अनेरास्ववियुको ज्ञापन पत्र

चौतारा । सार्वजनिक यातायातको भाडामा विद्यार्थीहरूलाई छुटको माग गर्दै अनेरास्ववियु सिन्धुपाल्चोकले जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय चौतारामा सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयका प्रमुख वेदनिधि खनाललाई जिल्लामा चल्ने सार्वजनिक यातायातको भाडामा विद्यार्थीहरूलाई छुटको माग गर्दै ध्यानाकर्षणसहित ज्ञापन पत्र बुझाइएको हो । ‘विद्यार्थी आन्दोलनको उपलब्धिस्वरुप राज्यबाट सार्वजनिक यातायातमा पाउँदै आएको छुटको […]

Continue Reading