बाल संजालका सदस्यहरुलाई नेतृत्व विकास तथा उद्घोषण सम्बन्धी ३ दिने तालिम दिइयो

* # पालीका खबर शिक्षा समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, मेलम्ची ।

वडा बाल संजाल र नगर बाल संजाललाई नेतृत्व विकास तथा उद्घोषण सम्बन्धी ३ दिने तालिम मेलम्चीमा सम्पन्न भएको छ ।
३ दिने तालिमको आज समापन गर्दै नगरप्रमुख आइतमान तामाङले सहभागीहरुलाई भोलिको भविष्य आजै तय गर्न आग्रह गर्नुभयो ।

उहाँले भविष्यमा के बन्ने भन्ने विषयमा अहिल्यै बाट दृण भएर लाग्न आग्रह गर्नुभयो । नगर प्रमुख तामाङले बालबालिका भनेका भोलिका सम्भावना नै सम्भावना बोकेका ब्यक्ति भएकाले यस्ता तालिमले भोलीका दिनमा अगाडी बढ्न सहज हुने बताउनुभयो ।

प्रमुख तामाङले बालबालिकाको क्षमता तथा नेतृत्व विकासका लागि नगरपालिका सकारात्मक रहेको उल्लेख गर्दै आगामी दिनमा बाल संजालसँग समन्वय गर्दै अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा उपप्रमुख उमा प्रधानले तालिममा सिकेका कुराहरु आगामी दिनमा विद्यालय,समाज र विभिन्न कार्यक्रमहरुमा गएर लागुगर्न आग्रह गर्नुभयो । उहाँले समाजलाई सकारात्मक परिवर्तन गर्नका लागि युवा तथा विद्यार्थीहरुको भूमिका महत्वपुर्ण हुने भएकाले समाजमा उल्लेख्य भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

उहाँले नगरबाट बालबालिकाको लागि विनियोजन भएका बजेटहरु बालबालिकाकै क्षेत्रमा खर्चहुने भन्दै आवश्यकता अुनसारको कार्यक्रम माग गर्नसमेत आग्रह गर्नुभयो । नगर बालसञ्जालकी अध्यक्ष सरिता नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा नगर र वडाको गरी ३५ जना बाल संजालमा आवद्ध बालबालिका हरुको सहभागिता रहेको थियो ।

तालिमको चाइल्ड नेपालका अध्यक्ष कृष्ण सुवेदी, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत कुमार धिताल, प्रशासकिय अधिकृत झपेन्द्र खरेल, केशव पौडेल लगायतले सहजीकरण गर्नुभएको थियो । तालिममा सहभागीहरुले यस्ता तालिमले व्यक्तित्व विकासमा टेवा पुगेको भन्दै समयावधी सम्ब्याउन आग्रह गरेका थिए ।

Leave a Reply