सिपातीनघरे संस्कृत माविमा श्रीमद्भागवत महायज्ञ जारी, बुधबारसम्म १७ लाख भन्दा बढी संकलन

रेडियो मिसन, नवलपुर । श्री सिपातीनघरे संस्कृत माविको १२१ औँ जन्मजयन्तीको अवसरमा सुरु गरिएको श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ आज पाँचौँ दिनमा चलिरहेको छ । पुष १ गते देखि सुरु भएको महायज्ञमा बुधवार चौथो दिन सम्म आइपुग्दा १७ लाख भन्दा बढी संकलन भएकोे विद्यालयका प्रधानाध्यापक पुण्य प्रसाद आचार्यले जानकारी दिनुभयो । दैनिक करिव पाँच सय भन्दा […]

Continue Reading

सिपातीनघरे संस्कृत माविको १२१ औँ जन्म जयन्ती : सहयोगको प्रतिबद्धतासँगै कसले के भने

श्री सिपातीनघरे संस्कृत माविको १२१ औँ जन्मजयन्तीको अवसरमा श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ आजबाट सुरु भएको छ । वि.सं. १९६० सालमा स्थापना भई वेदसहितको संस्कृत शिक्षा अध्ययन र अध्यापन गराउँदै आएको विद्यालयले २०८० पौष १ गतेदेखि ८ गतेसम्म श्री मद भागवत धनधान्याञ्चल ज्ञान महायज्ञको आयोजना गरेको हो । विद्यालयलाई गुरुकुलसहित आवासीय रूपमा सञ्चालन गर्न लागिएको विद्यालयका प्रधानाध्यापक पुण्य […]

Continue Reading

संस्कृत भाषाको महत्व विश्वव्यापी भएको छ : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले संस्कृत भाषाको महत्व विश्वव्यापी रुपमा बढेको बताउनुभएको छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ मा अवस्थित सिपा तीनघरे संस्कृत माध्यमिक विद्यालयको १२१ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संस्कृत भाषाको विकासको लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सभामुख घिमिरेले शिक्षा सबैका लागि सर्वसुलभ हुनुपर्नेमा जोड दिनुभयो । उहाँले संस्कृत भाषा […]

Continue Reading

समाजसेवी अरुण लामाको पहलमा नमो बुद्ध आविमा शैक्षिक सामाग्री हस्तान्तरण

इन्द्रावती ५ मा रहेको नमोबुद्ध आधारभूत विद्यालयमा समाजसेवी अरुण लामाको पहलमा शैक्षिक सामाग्री वितरण गरिएको छ । आज एक कार्यक्रमका बिच अभिभावक तथा विद्यालय व्यावस्थापन समितिका पधादीकारीहरुको सहभागितामा शैक्षिक सामाग्री वितरण गरिएको हो ।  नेपाली काँग्रेस खेलकुद विभाग केन्द्रीय सदस्य तथा नेपाल तरुण दल सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का उपाध्यक्ष तथा समाजसेवी अरुण लामाको पहलमा अमेरिका […]

Continue Reading

राज्यले संस्कृत भाषाको संरक्षणका लागी लगानी बढाउने छ : स्वास्थ्य मन्त्री बस्नेत

रेडियो मिसन। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले संस्कृत भाषाको संरक्षणका लागि राज्यले लगानी बढाउनु पर्ने बताउनुभएको छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर ६ मा अवस्थित सिपातीनघरे संस्कृत माध्यमिक विद्यालयको १२१ औं जन्मजयन्तीको अवसरमा आईतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले संस्कृत भाषाको संरक्षणमा जोड दिन सकेमात्र संस्कार र संस्कृतिको जगेर्ना हुने भएकाले […]

Continue Reading

बाह्रबिसेका आगलागीपीडित लोकबहादुर नेपालीका छोरा आयुषलाई सिन्धु सोसाइटी अमेरिकाले १२ कक्षासम्म पढाइदिने

रेडियो मिसन । सिन्धु सोसाइटी अमेरिकाले सिन्धुपाल्चोकका एक आगलागीपीडित बालकलाई १२ कक्षासम्म पढाइदिने जिम्मा लिएको छ । सोसाइटीले आगलागीबाट घर जलेर नष्ट भएका लोकबहादुर नेपालीका ८ वर्षीय छोरा आयुष नेपालीलाई १२ कक्षासम्म पढाइदिने जिम्मेवारी लिएको हो । सोसाइटीले बाह्रविसे नगरपालिका– ८ का नेपालीलाई बाह्रविसे बजारस्थित चण्डेश्वरी बोर्डिङ स्कुलमा पढाइदिने जिम्मा लिएको हो । सोसाइटीले यसअघि […]

Continue Reading

एक सय २० वर्ष पुरानो सिपा तीनघरे संस्कृत माविमा श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ हुने

रेडियो मिसन । इन्द्रावती गाउँपालिका ६ मा रहेको झण्डै एक सय २० वर्ष पुरानो सिपा तीनघरे संस्कृत माध्यमिक विद्यालयमा श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ एवम् धनधान्याचल आयोजना गर्न लागिएको छ। विद्यालयको १२१ औँ जयन्तीका अवसरमा महायज्ञ गर्न लागिएको प्रधानाध्यापक पुण्यप्रसाद आचार्यले बताउनुभयो। उहाँका अनुसार विद्यालयको शैक्षिक एवम् भौतिक विकास र गुरुकुल सञ्चालनमा सहयोग संकलन गर्नु महायज्ञको मूल […]

Continue Reading

सुर्यकिरण आविको ४६ औँ वार्षिकोत्सव तथा सिकाई मेला सम्पन्न

इन्द्रावती ३ मा रहेको सुर्यकिरण आधारभूत विद्यालयको २३ औँ वार्षिकोत्सव तथा सिकाई मेला सम्पन्न भएको छ । आज एक कार्यक्रमका बिच विद्यालयले वार्षिकोत्सव तथा सिकाई मेला आयोजना गरेको हो ।  कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष झम्क नाथ नेपालले गाउँपालिकाले कक्षा १ देखि ८ सम्म पाठ्यक्रममा आधारित पाठ्यपुस्तक वितरण गरेको बताउनुभयो । सिकाई उपलब्धि एक […]

Continue Reading

भिम विद्याश्रम माध्यमिक विद्यालयले आफ्नो स्वर्ण जयन्ती भब्यताका साथ मनायो

रेडियो मिसन ।भिम विद्याश्रम माध्यमिक विद्यालय पाँचपोखरी थाङपाल गाउँपालिका–१ बाँसखर्कको ५० औँ वार्षिकोत्सव (स्वर्ण जयन्ती) तथा अभिभावक भेला सम्पन्न भएको छ । विद्यालयमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष टासी लामाले सम्बोधन गर्दै गुणस्तरीय शिक्षाको विकासका लागी गाउँपालिकाले निरन्तर सहयोग गरिरहेको बताउनुभयो । उहाँले विद्यालयको भौतिक संरचना पूर्ण भएको बताउँदै अब गणस्तरीय शिक्षाका लागी सक्रिय हुन शिक्षक, […]

Continue Reading

सरस्वती माविलाई किचेन सामग्री  सहयोग 

बाढीबाट प्रभावित जिल्लाको पुरानो र हेलम्बुको केन्द्रमा अवस्थित सरस्वती माध्यमिक विद्यालयलाई विश्व समावेशी साहसी संस्थाले किचेन सामग्री हस्तान्तरण गरेको छ । हेलम्बु गाउँपालिका वडा नम्बर ४ स्थित ग्याल्थुममा रहेको विद्यालय लाई गत भदौं ७ र८गते मेलम्ची खोलामा आएको बाढीले क्षती पुर्याएको थियो । बाढीका बेला सो संस्थाले किचेन ब्यबस्थापनका लागी आवश्यक सामग्री उपलब्ध गराउने प्रतिबद्धता […]

Continue Reading