बाल सुधार माबिको व्यवस्थापन समिती अध्यक्षमा नवराज सुवेदी चयन

रेडियो मिसन, मेलम्ची ।मेलम्ची नगरपालिका वडा नं ७ स्थित श्री बाल सुधार माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिती गठन प्रकिया सम्पन्न भएको छ । शिक्षा शाखाका प्रतिनिधि सुनिल कुमार भण्डारीको प्रमुख आतिथ्य र वडा नं ७ का वडा अध्यक्ष तथा वडा शिक्षा समिती संयोजक पासाङ तामाङको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । बुधबार भएको भेलाबाट […]

Continue Reading

मेलम्ची नगरपालिका वडा नम्बर ३ को प्रशासनिक भवन उद्घाटन

रेडियो मिसन, मेलम्ची ।मेलम्ची नगरपालिका वडा नम्बर ३ हैबुङको प्रशासनिक भवन उद्घाटन गरिएको छ । बुधबार मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यमा भवनको उद्घाटन गरिएको हो । भवनको उद्घाटन गर्दै नगर प्रमुख तामाङले गाँउगाँउमा सिंहदरबार भन्ने भनाई सार्थक हुँदै गएको बताँउदै भवन निमार्ण संगै अव सेवा पनि चुस्त बनाउन अनुरोध गर्नुभयो । उहाँले कृषि, […]

Continue Reading

वडाध्यक्ष विरुद्ध कुटपिटको उजुरी

रेडियो मिसन, नवलपुर ।सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ का वडाध्यक्ष रमेश राउत विरुद्ध उजुरी परेको छ । राउतले स्थानिय राजकुमार थामीलाई कुटपिट गरेको भन्दै पिस्कर प्रहरी चौकीमा उजुरी दर्ता भएको हो । जेठ ११ गते साँझ ८ बजेतिर थामीको कृषि फर्म र अनुदानको विषयमा वादविवाद भएको थियो । वादविवादकै क्रममा वडाध्यक्ष राउतले आफुलाइ कुटपिट […]

Continue Reading

भिमटारका २८ किसानहरूले पाए मिनिटिलर

रबिन दनुवार, भिमटार ।इन्द्रावती गाउँपालिका वडा नम्बर १२ भिमटारका किसानहरुले वडाको ५० प्रतिशत अनुदानमा २८ वटा मिनिटिलर पाएका छन् । इन्द्रावती गाउँपलिका वडा नम्बर १२ का अध्यक्ष सुरेन्द्र बहादुर दनुवारको अध्यक्षतामा प्रमुख अतिथि प्रमुख प्रसासकीय अधिकृत राम प्रसाद शर्माले मिनिटिलर हस्तान्तरण गर्नुभएको हो । अनुदान बाट प्राप्त उपकरणको जतन र संरक्षण गरि प्रयोग गर्न अधिकृत […]

Continue Reading

इन्द्रावती १२ का सुत्केरी महिलाहरुलाई फिल्टर बितरण

रबिन दनुवार, भिमटार ।इन्द्रावती गाउँपालिका वडा नम्बर १२ भिमटारका ५९ जना सुत्केरी महिलाहरुले १६ लिटरको फिल्टर पाएका छन् । भिमटार स्वास्थ चौकी प्रमुख अर्जुन श्रेष्ठ र वडा अध्यक्ष सुरेन्द्र बहादुर दनुवारले फिल्टर हस्तान्तरण गरेका हुन् । सुत्केरी महिलाहरूलाई पानी जन्य रोगबाट बचाउने उद्देश्यले फिल्टर वितरण गरेको स्वास्थ चौकी प्रमुख श्रेष्ठले बताउनुभयो ।पोषणको स्तरको सुधार गराउने […]

Continue Reading

बोल्ने मात्रै होइन काम गरेर देखाउँछु : सांसद तामाङ

रेडियो मिसन, मेलम्ची ।बागमती प्रदेशका सांसद कृष्ण कुमार तामाङ समिरले बोलेको काम गरेर देखाउने र बोल्ने मात्रै नभई काम गरेर सबैमा अनुभुती गराउने बताउनुभएको छ । मेलम्ची ७ छापमा नव निर्मित झ्याङ्छ्युप छ्योर्तेन तेरमानेको सोमबार सुरु भएको ह्राप्ने (उद्घाटन) कार्यक्रमको समापन कार्यक्रममा बोल्दै सांसद तामाङले आफ्नो क्षेत्र बिकासको लागी हेटौँडामा संघर्ष गरिरहेको बताउँदै यहाँको समस्या […]

Continue Reading

इन्द्रावती गाउँपालिकाको पहिलो वर्षको प्रगती सार्वजनिक

रेडियो मिसन, नवलपुर । सिन्धुपाल्चोकका १२ वटा स्थानीय तहमध्ये इन्द्रावती गाउँपालिकाले प्रथम वर्षको उपलब्धिहरू सार्वजनिक गरेको छ । बुधवार गाउँपालिकाको सभा हलमा पत्रकार सम्मेलन गर्दै गाउँपालिकामा निर्वाचित भएको एक वर्षे उपलब्धि सार्वजनीकरण गरेको हो ।गाउँपालिकाले शिक्षा,स्वास्थ्य र कृषिलाई विशेष प्राथमिकताका साथ अघि बढाएको छ । टुहुरा बालबालिकालाई ‘टुहुरा बालबालिकासँग अध्यक्ष’ कार्यक्रम मार्फत १३ जना बालबालिकाको […]

Continue Reading

पाँचपोखरीमा बिरामी पहीचान शिविर सम्पन्न

रेडियो मिसन पाँचपोखरीमा बिरामि पहीचान शिविर सम्पन्न भएको छ । गाउँपालिकको आयोजनामा बैशाख ३१ , जेठ १ र २ गते ३ स्थानमा महिलाको प्रजनन् स्वास्थ्य समस्याको पहिचान, उपचार एवं ब्यवस्थापन तथा सक्रीय क्षयरोगका बिरामि पत्ता लगाउने उद्धेश्यले संचालित बिरामी पहिचान शिबिरमा जम्मा ६४१ जनाले सेवा लिएका छन । जसमा महिलाको प्रजनन् स्वास्थ्यको परिक्षण ३९६ जना […]

Continue Reading

सीप विकासको लागी अपाङ्गता भएकाहरुलाई डल्लो साबुन बनाउने तालिम

रेडियो मिसन, बाहुनेपाटी । मेलम्ची १२ बाहुनेपाटीमा डल्लो साबुन बनाउने तालिम सम्पन्न भएको छ । अपाङ्गता भएका ब्यक्तिहरुलाई सीप विकासको लागी आयोजना गरिएको तालिममा नगरभित्रका अपाङ्गता भएका २९ जना ब्यक्तिहरुको सहभागिता रहेको नगर अपाङ्ग सञ्जालका अध्यक्ष सोम दुलालले जानकारी दिनुभयो । कार्यक्रमको समापन गर्दै नगरप्रमुख आइतमान तामाङले आफ्नो दक्षता र क्षमताको प्रर्दशन गर्न आग्रह गर्नुभयो […]

Continue Reading

रास्वपा इन्द्रावती गाउँपालिकाको सभापतिमा जीवन बानियाँ

रेडियो मिसन, नवलपुर । राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिकाको सभापतिमा जीवन बानियाँ चयन हुनुभएको छ । आज भएको पार्टीको गाउँपालिका सभाबाट बानियाँको सभापतित्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । समितिको उप सभापतिमा धन बहादुर लामा र सचिवमा शंकर भट्टराई चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा हिरा कुमारी शाही, राजेन्द्र दुलाल, दिनेश थापा, […]

Continue Reading