मेलम्ची बजारमा खानेपानि आईपुगेको छ । ६ किलोमिटर टाढा रहेको मुहानस्थलबाट खानेपानि मेलम्चीमा आईपुगेको हो ।
मेलम्ची नगरपालिका वडा नं. ११, मेलम्ची बजारको खानेपानी समस्या समाधानका लागि ६ किलोमिटर टाढा नुहार खोला र बडहरे खोलाको मुहानबाट ल्याइएको खानेपानी आइतबार बिहान मेलम्ची बजारमा आईपुगेपछि मेलम्ची नगरप्रमुख आइतमान तामाङले निरीक्षण गर्नुभएको थियो । स्वच्छ खानेपानि सबैको लागि शुनिस्चीत गर्ने नगरप्रमुख तामाङले बताउनुभएको छ ।
निरीक्षणका लागि मेलम्ची –११ का वडाअध्यक्ष चन्द्रबहादुर तामाङ तथा स्थानीय बासिन्दाहरुको सहभागिता रहेको थियो । नगरपालिकाको बजेटबाट निर्माण हुँदै गरेको उक्त योजना सम्पन्न पश्चात बजारको प्रत्येक घरमा धारा वितरण गरिने वडा अध्यक्ष तामाङले जानकारी दिनुभयो ।