ईन्द्रावतीका नवनियुक्त प्रधानाध्यापकहरूसँग कार्यसम्पादन करार सम्झौता

ईन्द्रावती गाउँपालिकाभित्रका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न तथा विद्यालय व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ पहिलो चरणका नवनियुक्त प्रधानाध्यापकहरूसँग कार्यसम्पादन करार सम्झौता सम्पन्न भएको छ। गाउँपालिकाले शैक्षिक नेतृत्वलाई सुदृढ र जवाफदेही बनाउन प्रधानाध्यापक छनोट प्रक्रिया पूरा गरी औपचारिक रूपमा करार सम्झौता गरेको हो। ​गाउँ कार्यपालिकाको कार्यालय नवलपुरमा आयोजित कार्यक्रममा नवनियुक्त प्रधानाध्यापकहरूलाई हार्दिक बधाई दिँदै […]

Continue Reading

चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ्य शाखाको समीक्षा तथा योजना तर्जुमा गोष्ठीको उद्घाटन

चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले स्वास्थ्य कर्मीहरुलाई कामको गति बढाउन आग्रह गर्नुभएको छ । चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आर्थिक बर्ष २०८२/८३ मा गरेका कार्यको समीक्षा तथा योजना तर्जुमा गोष्ठीको उद्घाटन गर्नुहुँदै कार्यक्रमको अध्यक्षता गर्नुभएका प्रमुख सापकोटाले नगरले ल्याएका निति, योजना र कार्यक्रम सफल बनाउन कर्मचारीको भुमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।उहाँले स्वास्थ्यकर्मी र […]

Continue Reading

इन्द्रावतीमा ‘प्रथम वडा अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता’ आयोजना हुँदै

इन्द्रावती गाउँपालिकामा ‘प्रथम वडा अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता-२०८३’ आयोजना हुने भएको छ। इन्द्रावती गाउँपालिकाभित्र रहेका युवा प्रतिभाहरूको पहिचान, विकास तथा आपसी भ्रातृत्व र खेलकुदप्रतिको रुचिलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। इन्द्रावती गाउँपालिका वडा नं. ४ खेलकुद समितिको आयोजनामा हुने उक्त प्रतियोगिता आउँदो भाद्र २६ देखि २८ गतेसम्म श्री नवलपुर माध्यमिक […]

Continue Reading

इन्द्रावती गाउँपालिकामा पनि राष्ट्रिय शोक दिवस मनाइयो

नवलपुर । इन्द्रावती गाउँपालिकाले विनाशकारी बाढीपहिरोमा ज्यान गुमाएका नागरिकको सम्झनामा राष्ट्रिय शोक दिवस मनाएको छ। नेपाल सरकारले २०८३ भदौ १० गतेको बाढीपहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै भदौ २२ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेअनुसार गाउँपालिकाले पनि शोक दिवस मनाएको हो। शोक दिवसका अवसरमा गाउँपालिका कार्यालय तथा मातहतका सम्पूर्ण कार्यालयमा राष्ट्रिय झण्डा […]

Continue Reading

इन्द्रावती गाउँपालिकाद्वारा भोटेकोशी बाढी पीडितका लागि १० लाख रुपैयाँसहित १ दिनको पारिश्रमिक सहयोग घोषणा

नवलपुर । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूका लागि इन्द्रावती गाउँपालिकाले १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले बिहीबार (२०८३ भाद्र ११ गते) एक प्रेस विज्ञप्ति जारी गर्दै २०८३ भाद्र १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण भएको अकल्पनीय जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सहयोगको घोषणा गरेको […]

Continue Reading

रसुवामा सम्पर्कविहीन इन्द्रावतीका नागरिकको विवरण उपलब्ध गराउन आग्रह

नवलपुर । इन्द्रावती गाउँपालिकाले रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीका कारण सम्पर्कविहीन भएका गाउँपालिकाका नागरिकको विवरण उपलब्ध गराउन परिवार तथा आफन्तलाई आग्रह गरेको छ। गाउँपालिकाले अत्यन्त जरुरी सूचना जारी गर्दै बाढीमा ज्यान गुमाएका सम्पूर्ण मृतकप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै विपद्मा परी घाइते भएका नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। बाढी […]

Continue Reading

रसुवा बाढीपीडितका लागि मेलम्चीले जनप्रतिनिधि र कर्मचारीले तीन दिनको बराबरकाे तलब सहयाेग गर्ने

मेलम्ची । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार र राहतमा सहयोग पुर्‍याउन मेलम्ची नगरपालिकाले आफ्ना जनप्रतिनिधि तथा कर्मचारीको तीन दिन बराबरको तलब सहयोग गर्ने भएको छ। मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङका अनुसार जनप्रतिनिधि, निजामती कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक, विद्यालय कर्मचारीलगायत नगरपालिकासँग सम्बन्धित कर्मचारीको तीन दिनको तलब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको प्रधानमन्त्री […]

Continue Reading

इन्द्रावतीमा जलवायु परिवर्तन र बसाइँसराइबारे दुई दिने परामर्श कार्यशाला

नवलपुर । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा जलवायु परिवर्तन र बसाइँसराइले पारिरहेको प्रभाव तथा त्यसको अनुकूलनका उपायबारे दुई दिने परामर्श कार्यशाला सम्पन्न भएको छ। सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च नेपाल (CDECF Nepal) को आयोजनामा तथा ICIMOD लगायतका संस्थाको सहयोग र गाउँपालिकासँगको समन्वयमा कार्यशाला आयोजना गरिएको हो। ‘Successful Intervention Pathways for Migration as Adaptation (SUCCESS)’ परियोजनाअन्तर्गत सञ्चालन […]

Continue Reading

क्याच एन्ड सर्भ बल नेपालको राष्ट्रिय भेला तथा मनास्लु महिला क्षमता विकास केन्द्रको प्रथम वार्षिक साधारण सभा सम्पन्न

महिलाको शारीरिक, मानसिक तथा नेतृत्व क्षमता विकासलाई खेलकुदसँग जोड्दै अघि बढिरहेको क्याच एन्ड सर्भ बल नेपालको प्रथम राष्ट्रिय भेला तथा मनास्लु महिला क्षमता विकास केन्द्रको प्रथम वार्षिक साधारण सभा–२०८३ सम्पन्न भएको छ । संस्थाले स्थापना भएको एक वर्ष पूरा गरेको अवसरमा साउन ३० गते काठमाडौंमा राष्ट्रिय भेला, वार्षिकोत्सव तथा वार्षिक साधारण सभा आयोजना गरेको हो […]

Continue Reading

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन ईन्द्रावतीको आयोजनामा डिजिटल हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, ईन्द्रावती गाउँपालिका समितिको आयोजनामा माध्यमिक तह (कक्षा ९-१०) स्तरीय ‘डिजिटल हाजिरी जवाफ प्रतियोगिता’ भव्य रूपमा सम्पन्न भएको छ। सिन्धुपाल्चोकको नवलपुरस्थित गाउँपालिकाको सभाहलमा आयोजित उक्त प्रतियोगितामा ईन्द्रावती गाउँपालिकाका सबै १२ वटा माध्यमिक विद्यालयका विद्यार्थी टोलीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगितामा नवलपुर माध्यमिक विद्यालयले ८५ अङ्क प्राप्त गरी प्रथम स्थान हासिल गर्न सफल […]

Continue Reading