मेलम्ची–फट्टे पुल पुन: निर्माणमा ठोस पहल, नगर प्रमुख तामाङद्वारा स्थलगत अवलोकन

२०७८ सालको विनाशकारी बाढीले बगाएको मेलम्ची–फट्टे–दुवाचौर पक्की मोटरेबल पुल पुनर्निर्माणका लागि ठोस पहल सुरु भएको छ। सोमबार मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले पुल निर्माण प्रस्तावित स्थलको स्थलगत अवलोकन गर्दै पुनर्निर्माण कार्यलाई प्राथमिकतामा राखेर अघि बढाइने बताउनुभयो। अवलोकनका क्रममा नगरप्रमुख तामाङले फट्टे पुल केवल एउटा भौतिक संरचना मात्र नभई स्थानीय जनजीवन, आवागमन, शिक्षा, स्वास्थ्य सेवा तथा […]

Continue Reading

ईन्द्रावतीमा एकैदिन २ वटा स्वास्थ्य चाैकि भवनकाे शिलान्यास 

ईन्द्रावती गांउपालिकामा एकैदिन दुईवटा स्वास्थ्य चाैकि भवनकाे शिलान्यास भएकाे छ । वडा नम्बर ६ र वडा नम्बर ३ मा आज एक कार्यक्रमका विच शिलान्यास गरीएकाे हाे । भारतिय राजदुततावासले ९५ प्रतिशत र पालिकाले ५ प्रतिशतकाे साझेदारी गर्नेछ । क्रमश १ कराेड ४६  लाख र १ कराेड ४१ कराेडमा सम्झाैता भएकाे छ । आज २० प्रतिशत […]

Continue Reading

मेलम्ची नगरपालिकामा ११ औँ स्थापना दिवसको अवसरमा सरसफाइ कार्यक्रम सम्पन्न

मेलम्ची  । मेलम्ची नगरपालिकाले नगर कार्यपालिकाको कार्यालय वरिपरि सरसफाई गरी आफ्नो स्थापना दिवस मनाएको छ । ११ औँ स्थापना दिवसको अवसरमा मेलम्ची नगरपालिकाले आज एक विशेष कार्यालय परिसर सरसफाइ कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा नगरपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारी, अधिकृत तथा सहायक कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यालय भवन वरपरको वातावरण सुधार गर्ने उद्देश्यले […]

Continue Reading

शिक्षाबाट काेही पनी बञ्चित हुनुपर्ने छैन : नगर प्रमुख तामाङ

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले शिक्षाबाट कोहि पनि विद्यार्थी बन्चित हुन नपर्ने बताउनुभएको छ । नगरपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य लगानी गरिरहेको उल्लेख गर्दै नगर प्रमुख तामाङले कोहि पनि ब्यक्ति आर्थिक अभावले शिक्षा बाट बन्चित हुन नपर्ने बताउनुभएको हो । इन्द्रेश्वरी माध्यमिक विद्यालयको कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख तामाङले शिक्षालाई हल्का रुपमा […]

Continue Reading

मेलम्ची नगरपालिकाको वार्षिक समीक्षा: समन्वय र सकारात्मकतामा जोड

​मेलम्ची । मेलम्ची नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा सम्पादन भएका कार्यहरूको विस्तृत समीक्षा र आगामी आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरिने कार्यक्रमहरूको योजनासहितको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । नगर प्रमुख आइतमान तामाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नगरपालिका क्षेत्रभित्र कार्यक्षेत्र रहेका सरकारी एवं गैर-सरकारी सङ्घसंस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। ​मेलम्ची नगरपालिकाको कार्यक्षेत्रभित्र रहेर […]

Continue Reading

ईन्द्रावती गाउँपालिकामा न्यायिक समितिको ‘सारथि’ पुस्तक विमोचन तथा अन्तरक्रिया सम्पन्न

​सिन्धुपाल्चोक, ईन्द्रावती गाउँपालिकाले न्यायिक समितिका पदाधिकारी एवं सूचीकृत मेलमिलापकर्ताहरूलाई लक्षित गरी तयार पारिएको कानूनी सन्दर्भ सामग्री ‘न्यायिक समितिको सारथि’ पुस्तक वितरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ। कार्यक्रममा गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले पुस्तकले स्थानीयस्तरमा न्यायिक कार्यसम्पादनलाई थप सहज र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयाे। ​नेपालले गाउँपालिकाले निर्वाचन भएको वर्षदेखि नै न्यायिक समितिको क्षमता अभिवृद्धिमा जोड […]

Continue Reading

मेलम्ची बाढीपछिका गैर–आर्थिक नोक्सानीबारे विस्तृत प्रतिवेदन सार्वजनिक

मेलम्ची ।मेलम्ची नगरपालिकाको समन्वयमा प्रकृति रिसोर्स सेन्टरले २०७८ सालको विनाशकारी मेलम्ची खोलाको बाढीपछिका गैर–आर्थिक हानि तथा नोक्सानीबारे विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । सो प्रतिवेदनमा बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा भौतिक संरचना मात्र होइन, स्थानीय समुदायको सांस्कृतिक पहिचान, सामाजिक सम्बन्ध, आत्मबल र सामूहिक स्मृतिमा समेत गहिरो असर पारेको उल्लेख छ । कार्यक्रममा अध्ययन टोलीका […]

Continue Reading

इन्द्रावतीका आदिवासी महिलाले जलवायु अनुकूलनमा नेतृत्व विकास गर्दै

इन्द्रावती गाउँपालिकाका आदिवासी जनजाति महिलाहरू जलवायु परिवर्तनका असरहरूमा अनुकूलन र नेतृत्व विकासतर्फ सशक्त बन्दै गएका छन्। ‘जलवायु अनुकूलनमा आदिवासी जनजाति महिलाको नेतृत्व क्षमता विकास परियोजना’ अन्तर्गत शुक्रबार गाउँपालिकाको कार्यालय नवलपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो। यो परियोजना इन्द्रावती गाउँपालिकाको वडा नम्बर ४, ५ र ६ मा सञ्चालन भइरहेको छ। परियोजनाको अवधि तीन वर्षको रहेकोमा अहिले […]

Continue Reading

जेनजी आन्दोलनमा क्षति पुगेका संरचन पुन:निर्माणका लागी मेलम्चीका कर्मचारीहरुले एक दिनको तलब सहयोग गर्ने

मेलम्ची । मेलम्ची नगरपालिकाका कर्मचारीहरूले एकदिनको तलब सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सहयोग गर्ने भएका छन् । देशभरको विनाशकारी घटनाबाट प्रभावित भौतिक संरचनाको पुनर्निर्माणमा संगसंगै अघि बढ्न मेलम्ची नगरपालिकाका सम्पूर्ण कर्मचारीहरूको तर्फबाट एक दिनको तलब सहयोग गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले जानकारी दिनुभयाे । यो योगदानले पुनर्निर्माण र राहतका […]

Continue Reading

नगर प्रमुख तामाङद्वारा गुफा डाँडामा होम स्टेको उद्घाटन

मेलम्ची ।मेलम्ची नगरपालिका–९ स्थित पर्यटकीय गन्तव्य गुफाडाँडामा होम स्टे सञ्चालनमा आएको छ । नगर प्रमुख आइतमान तामाङले शुक्रबार एक विशेष समारोहका बीच उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा उपप्रमुख उमा प्रधान, वडाध्यक्ष किरणदिप खड्का लगायत स्थानीय प्रतिनिधिहरूको उपस्थिति थियो । गुफाडाँडा घुम्न आउनेको संख्या बढ्दै गए पनि खानाबस्नका सुविधा अभाव देखिएकाले होम स्टे सुरु गरिएको […]

Continue Reading