पाटी भन्ज्याङमा पहिरो, बस्तीका दुई घर उच्च जोखिममा

रेडियो मिसन ।मेलम्ची नगरपालिका वडा नम्बर ४ पाटिभन्ज्याङ बस्ती पहिरोका कारण जोखिममा परेको छ। एक हप्ता अगाडिदेखिनै उक्त स्थानमा पहिरो गएको र अहिले झन् पहिरोको आकार बढ्दै गएपछि जोखिम बढेको स्थानीय विश्वराम श्रेष्ठले जानकारी दिनुभयो । मध्यपहाडी लोकमार्गको ट्र्याक खोल्ने क्रममा उक्त स्थानमा भूस्खलन भएका कारण अहिले पहिरो जान थालेको स्थानीयले बताएका छन्। अहिले करिब […]

Continue Reading

पाँचपोखरी थाङपालको आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम पारित

रेडियाे मिसन । पाँचपोखरी थाङपाल गाउँपालिका गाउँसभाको १७ औं अधिवेशनबाट आर्थिक बर्ष २०८२–८३ को निति तथा कार्यक्रम सर्बसहमतिले पारित भएको छ । आज निति तथा कार्यक्रम पारित तथा आर्थिक विधेक प्रस्तुत गरिएको गाँउपालिकाका प्रबक्ता नारायण भट्टराईले जानकारी दिनुभयो । भोलि ९ बजे बाट बिनियोजन ऐन पेश गरि पारित गरेर बजेट प्रस्तुत गरिने उहाँले बताउनुभयो । […]

Continue Reading

तीन दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न

नवलपुर । इन्द्रावती गाउँपालिका वडा नम्बर ५ ऐसेलुखर्कमा तीन दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कानाथ नेपालको प्रमुख आतिध्यतामा तालिमको आज समापन गरिएको हो । समापन कार्यक्रमको अवसरमा गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले स्थानीय सरकार सबैको अभिभावक भएकाेले सबै क्षेत्रमा काम गर्दै आएको बताउनुभयो । त्यस्तै पत्रकारिता क्षेत्रको समृद्धि पनि इन्द्रावती […]

Continue Reading

पाँचपोखरीका जनप्रतिनिधिको आक्रोस, संघ र प्रदेश सरकारले पाँचपोखरीलाई हेला गर्यो

रेडियाे मिसन । पाँचपोखरी थाङपाल गाउँपालिका गाउँसभाको १७ औं अधिवेशन गाँउपालिका अध्यक्ष टासी लामाको सभाअध्यक्षमा सुरु भएको छ । कार्यक्रममा दलिय प्रतिनिधिको रुपमा शुभकामना राख्दै नेपाली काङ्ग्रेसबाट निर्वाचित वडा नम्बर २ का अध्यक्ष बाबुलाल स्याङबोले प्रदेश र संघ सरकारले यो गाँउपालिकालाई हेला गरेको बताउँदै सबै मिलेर अघि बढ्न आग्रह गर्नुभयो । उहाँले बजेटले पर्यटनलाई ध्यान […]

Continue Reading

ऐसेलुखर्कमा तीन दिने आधारभूत पत्रकारिता तालिम सुरु

नवलपुर । इन्द्रावती गाउँपालिका वडा नम्बर पाँच ऐसेलुखर्कमा तीन दिने आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । रेडियो मिसन १०५.३ मेगाहर्जको आयोजना र इन्द्रावती गाउँपालिकाको सहयोगमा सुरु भएको तालिमको इन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनहरि बरालले आज उद्घाटन गर्नुभएको हो। तालिमको उद्घाटन गर्दै प्रमुख प्रशासकीय अधिकृत बरालले तालिममा सक्रिय सहभागिता जनाई सिकेका कुरालाई व्यवहारमा लागू […]

Continue Reading

इन्द्रावती गाउँपालिका वडा नम्बर ४ द्वारा लप्सीको कलमी बिरुवा वितरण

नवलपुर । इन्द्रावती गाउँपालिका वडा नम्बर ४ ले लप्सीको कलमी बिरुवा वितरण गरेको छ। वडा कार्यालयको वार्षिक स्वीकृत कार्यक्रम लप्सी खेती प्रवर्धन मार्फत ७५% अनुदानमा कलमी बिरुवा वितरण गरेको हो। आज वडा कार्यालयमा एक औपचारिक कार्यक्रमका बीच मागमा आधारित किसानहरूलाई बिरुवा वितरण गरिएको हो । गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालको प्रमुख अतिथितामा सम्पन्न कार्यक्रममा किसानहरूलाई बिरुवा […]

Continue Reading

परिवर्तनका लागि सहकार्य नेपालद्वारा ऐसेलुखर्कका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

नवलपुर । परिवर्तनका लागि सहकार्य (Change Action Nepal) को आयोजना र इन्द्रावती गाउँपालिकाको समन्वयमा शैक्षिक सामाग्री बितररण तथा जलवायु परिवर्तन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । एसेलुखर्क मा बि मा परिवर्तनका लागि सहकार्य नेपालको सहयोगमा अध्ययन गरिरहेका विद्यार्थी र उनिहरुका अभिभावकहरुको उपस्तिथिमा नेप्लिज युथ फर क्लाइमेटका निश्चल ढुंगानाले जलवायु परिवर्तन भनेको के हो ? […]

Continue Reading

लागु औषध दुरूपयाेग एवं ओसारपसार विरूद्व अन्तर्राष्ट्रिय दिवस: ईन्द्रावतीमा अन्तरक्रिया

नवलपुर , लागु औषध दुरूपयाेग एवम् ओसारपसार विरूद्वकाे अन्तर्राष्ट्रिय दिवसकाे अवसरमा सिन्धुपाल्चाेककाे ईन्द्रावती गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम भएकाे छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत असार ६ गते गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनहरि बरालकाे अध्यक्षता र गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालकाे प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम भएकाे हाे । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चाेककाे असार ५ गतेकाे निर्णय लागू गर्ने सम्बन्धमा […]

Continue Reading

भिमटारमा बाल विवाह न्युनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम

भिमटार, बाल विवाह न्युनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सिन्धुपाल्चाेककाे इन्द्रावती १२ मा सम्पन्न भएकाे छ । इन्द्रावती गाउँपालिकाका उपाध्यक्ष शाेभना तामाङकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे हाे । रेष्ट पैरवी समूह सिन्धुपाल्चाेककाे आयाेजना, ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी जिल्ला कार्यालय सिन्धुपाल्चाेककाे सहयाेग र ईन्द्रावती १२ र भिमेश्वरी माविकाे समन्वयमा कार्यक्रम भएकाे हाे । कार्यक्रममा स्वैच्छिक रूपमा […]

Continue Reading

ईन्द्रावती गाउँपालिकामा बजेट, नीति तथा कार्यक्रम निर्माणको सम्बन्धमा सुझाव संकलन

ईन्द्रावती गाउँपालिकामा आर्थिक बर्ष २०८२/०८३ को बजेट नीति तथा कार्यक्रम निर्माणको सम्बन्धमा सुझाव संकलन सम्पन्न भएको छ । आज एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले सुझाव संकलन गरेको हो । कार्यक्रममा प्रमुख अतिथी तथा गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले सुझावहरुलाई कार्यान्वयन गर्ने बताउनुभएको छ । संघ तथा प्रदेश सरकारले अनुदान कटौती गर्दा बजेटको आकार सानो हुंदै गएको […]

Continue Reading