भूतपूर्व विद्यार्थीहरुको सहयोगमा शिवशंकरेश्वर आविमा न्यानो कपडा वितरण

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची नगरपालिका वडा नम्बर १२ मा रहेको श्री शिवशंकरे आधारभूत विद्यालयमा ५० जनालाई न्यानो कपडा तथा जुत्ता वितरण गरीएको छ । आज वडा अध्यक्ष गणेश बहादुर तामाङको प्रमुख आतिथ्यतामा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरीएको हो ।


खर्चको बचत गरी विद्यालयमा न्यानो कपडा वितरण गर्नुले विद्यालयलाई राहत मिलेको वडा अध्यक्ष गणेश बहादुर तामाङले बताउनुभयो । चिसोबाट विद्यार्थीमा पठनपाठनमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।


सो विद्यालयका भूतपूर्व विद्यार्थीहरुको सहयोगमा विद्यालयलाई न्यानो कपडा तथा जुत्ता सहयोग गरीएको हो । अध्ययनको शिलशिलामा हाल कोरीया तथा अन्य देशमा रहेकाहरुको सहयोगमा विद्यालयलाई सहयोग गरीएको पूर्व विद्यार्थी सञ्जीव खतिवडाले जानकारी दिनुभयो । आफूलगायत वैदेशिक रोजगारमा रहेका केही साथीको सहयोगमा विद्यालय जाने बालबालिकालाई न्यानो कपडा सहयोग गरेको खतिवडाले बताउनुभयो ।


सहयोग गर्नेहरुमा सुरेन्द्र तामाङ, ईन्द्र बहादुर तामाङ, सञ्जीव खतिवडा, आयुष तामाङ, रिजन पौडेल, राम खतिवडा, बालकृष्ण लुँईटेल, अस्मीता तामाङ, रेशम तामाङ, ज्ञान बहादुर तामाङ, राज लामा, देवराज लामा, श्याम तामाङ, सन्तोष लुँईटेल, विवेक तामाङ र अमित तामाङले कुल ७८ हजार ७ सय ५९ रुपैंया ४ पैशा बराबरको सहयोग गरीएको हो ।

Leave a Reply