घरेलुको छड्के अनुगमन, म्याद गुज्रिएका सामग्री जफत गरि नष्ट

* # समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य

घरेलु तथा साना उद्योग कार्याललयको छड्के अनुगमन टोलीले सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिका वडा नम्बर ४ नवलपुर बजारमा म्याद गुज्रिएको सामाग्री बिक्रि गर्दै गरेकोे अवस्थामा फेला पारेको छ ।

नवलपुर बजारको बिभिन्न पसलमा बिक्रि गर्न राखिएको म्याद गुज्रिएको चाउचाउ,बिस्कुट चकलेट,पापड, मस्यौरा,पेयपदार्थ अनुगमन टोलीले जफत गरेको हो । उक्त अनुगमन टोलीले खाद्यन्न, मासुपसल र पशुपालन फर्म गरि १७ वटाको अनुगमन गरेका थिए ।अनुगमनको क्रममा फेला पारिएको म्याद गुज्रिएको १६ हजार बराबरको सामग्रीहरु स्थानीयले देख्नेगरि जिरोकिलोमा नष्ट गरिएको घरेलु कार्यालयका प्रमुख काफ्लेले जानकारी दिनुभयो । साथै दर्ता हुन बाँकी रहेका, म्याद गुज्रृका र खाद्य पदार्थ तथा बिषादी एकै ठाँउमा रहेको पाईएको बताउनुभयो ।

अनुगमनको क्रममा अनुगमन समितिका संयोजक काफ्लेले पसलमा देख्ने गरी मूल्य सूची राख्न, साईनबोर्ड राख्न, व्यवसायको दर्ता, नविकरण गर्न, मदिरा व्यवसायीलाई ईजाजत लिएर मात्र व्यवसाय गर्न र व्यवसाय क्षेत्र वरपर सरसफाई गर्न निर्देशन दिएको बताउनुभयो । उहाँले पालिकाको सबै बजार क्षेत्रमा अनुगमनलाई प्रभावकारी रुपले नियमित गरिने समेत बताउनुभयो ।
अनुगमनमा खटीएका जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि अशोक घलेले गाउघरमा बिहे , ब्रतबन्ध, छेवार लगायतका सन्दर्भमा बढी सामग्रीहरु खपद हुने हुँदा अखाद्य बस्तु र म्याद गुज्रिएका बस्तुहरु बिक्रि वितरण नहोस् भन्ने हेतुले अनुगमन गरिएको बताउनुभयो ।


आज गरिएको अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालय प्रमुख बिश्वनाथ काफ्लेको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, ईलाका प्रहरी कार्यालय नवलपुर , घरेलु तथा साना उद्योग कार्यालय, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ र सञ्चारकर्मीको संयुक्त टोलीले अनुगमन गरेको थियोे ।

Leave a Reply