ईन्द्रावती गाउँपालीका वडा नम्बर ३ को वडा कार्यालय भवन निर्माण अपायक स्थानमा भएको भन्दै चौतर्फी विरोध भईरहेको छ । आज सर्वदलीय प्रेस विज्ञप्ती निकाल्दै बहु संख्यक नागरिकलाई अपायक पर्ने स्थानमा वडा कार्यालय बनाउने प्रयास गरेको उल्लेख गरीएको छ ।
पुष ६ गतेको घटना राजनैतीक प्रतिशोध नभई जनताको आवेग भएको विज्ञप्तीमा भनीएको छ । वडा कार्यालयले बहुसंख्यक जनताको आवाज नसुनी निरंकुश शैली देखाएको भनीएको छ । आज निकालीएको विज्ञप्तीमा संयोजक वडा कार्यालाय संघर्ष समितिका भुपेन्द्र बानियाँ (रा.प्र.पा), नेपाली कांग्रेसका सभापती खयन्द्र बहादुर थापा, नेकपा एमालेका उपाध्यक्ष उदय तिमल्सिना, माओवदी केन्द्रका ङ बहादुर थापा, राष्ट्रीय स्वतन्त्र पार्टीका कृष्ण बहादुर बानियाँले हस्ताक्षर गरेको विज्ञप्ती सार्वजनीक भएको छ ।
यस्तो छ विज्ञप्तीमा :
“ईन्द्रावती गाउँपालिका, ३ नं. वडा कार्यालय निर्माणमा अवरोध गरिएको मिति २०८१ पुस ६ गतेको घटना सम्बन्धमा केही सञ्चार माध्यममा प्रसारित समाचार र खुतुमेडाँडामा नै कार्यालय भवन नबनाई नछोड्ने मनोविज्ञानले कार्यरत वडा समिति (खास गरी वडा अध्यक्ष) को प्रतिकृयामा उक्त घटना विशुद्ध आपराधिक जस्तो गरी प्रचार गरिएको पाइयो । तर उक्त घटनाको वास्तविकता अहिले प्रचार गरे जस्तो छैन । बहु संख्यक नागरिकलाई अपायक पर्ने स्थानमा वडा कार्यालय बनाउने प्रयास गर्दा बिगतमा ब्यहोरेको समस्या प्रति वर्तमान वडा समिति अनविज्ञ छैन र वडा समितिले नागरिकको असन्तुष्टिलाई सम्बोधन गर्न खोजे जस्तो नाटकीय व्यबहार सबै वडाबासीले बुझेकै कुरा हो ।
वडा कार्यालय भवनका लागि स्थान छनोट गर्न र जग्गा प्राप्तिको सुनिश्चितता खोज्न कार्यदल बनाउँने तर उक्त कायदलको राय नसुन्ने ब्यबहारले नागरिकलाई जिस्काउँने काम पनि वडा समितिबाट भएकै हो । वडा कार्यालय भवन बनाउने स्थान बहु संख्यक नागरिकको माग सम्बोधन हुने गरी निर्धारण गर्न वडा समितिलाई गरिएको अनुरोध सुनुवाइ नहुदा ईन्द्रावती गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, इलाका प्रहरी कार्यालय, पालिकाको न्यायिक समिति, जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समिति सिन्धुपाल्चोक सम्म पनि नम्र निवेदन पेस गरेको र यस बीचमा बिरोध जनाउँन खुतुमेडाँडा स्थित अस्थायी वडा कार्यालय तालाबन्दी गर्दा वार्ताबाट समस्याको हलखोज्ने गाउँपालिकाको आस्वासनले ताला खोलिएको व्यहोरा अवगत होस् भन्ने अनुरोध गरिन्छ । नागरिकको विनम्रतालाई कतैबाट पनि सुनुवाइ नहुदा विकसित आक्रोसले पुस ६ गतेको परिस्थिति उत्पन्न भएको हो । यस घटनालाई वडा अध्यक्ष सँगको व्यक्तिगत विषय नभएर निजको अटेरीपनप्रति नागरिकको गुनासो पोखिएको रुपमा बुझिदिन हामी अपिल गर्दछौं । बिरोधको स्वरुपलाई असामान्य बनाउँन पर्ने नागरिकको बाध्यताले यस्तो अवस्था उत्पन्न भएको हो र भविस्यमा पनि यसै गरी अगाडि बढेमा नागरिकले निरन्तर प्रतिरोध गर्नेछन् ।
पुस ६ गतेको जस्तो घटना हुन्छ भन्नेमा वडा समिति जानकार थियो भन्नेमा हामी विस्वस्त छौँ । किनकी यस बारेमा नागरिकले पटक पटक विभिन्न निकायमा गएर बताइसकेको अवस्था थियो । उक्त घटना पछि सत्ताको बलमा प्रशासन लगाएर कार्यालय निर्माणमा प्रतिरोध गर्ने नागरिक र अगुवाहरुलाई त्रसितपार्ने जुनप्रयास गरियो, त्यसप्रति हाम्रो आपत्ति रहेको छ । भविस्यमा यस्तो नहोस् भन्ने हाम्रो जोडदार माग यथावत नै छ । वडा कार्यालय भवन निर्माणकार्य यसैगरी अगाडि बढेमा थप अप्रिय स्थिति उत्पन्न हुन सक्छ र सो को जिम्मेवारी स्वयम् वडा अध्यक्ष र सो सँग सम्बन्धित पक्षको हुनेछ भन्ने कुरा यसै विज्ञप्ति मार्फत स्पष्ट गर्न चाहन्छौं । नागरिक आफ्नो अधिकार प्राप्तिकालागि संघर्ष गर्न र राजनीतिक दल नागरिकको उचितमाग र अधिकार स्थापित गर्न कृयाशील हुने विषयलाई नकारात्मक प्रचार नगरियोस् । पुनः खबरदारी गर्दछौं, नागरिकको विनम्रतालाई आक्रोसमा बदल्ने ब्यबहार नगरियोस् ।”
![](https://radiomission.org/wp-content/uploads/2024/12/ccc6a45d-430b-4fa9-85b5-422818aac197-1200x694.jpeg)