सिम्पालकाभ्रे युवा क्लबले गर्याे बृहत् साँस्कृतिक मेला (जात्रा) २०८१

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

सिम्पालकाभ्रे ।

सिम्पालकाभ्रे युवा क्लबकाे आयाेजनामा ईन्द्रावती गाउँपालिका वडा नं १ सिम्पालकाभ्रे स्थित सिम्पाल देविथान परिसरमा बृहत् साँस्कृतिक मेला(जात्रा) २०८१ गरिएकाे छ ।

ईन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालकाे प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएकाे हाे । कार्यक्रमकाे सभाध्यक्षता क्लबका अध्यक्ष मेम बहादुर तामाङले गर्नुभएकाे थियाे ।

हरेक बर्ष जसाे सातकन्या मन्दिरमा बत्ती बाल्ने गरिएकाे छ । यश बर्ष यसकाे संयाेजन क्लबले गरेकाे हाे । यस ठाउँकाे संस्कृति संरक्षण गर्न याे कार्यक्रम गरिएकाे क्लबका सचिव सिरे लामाले जानकारी दिनुभयाे । सिम्पालमा सामुदायिक भवन अभाव रहेकाे र भवन बनाउन सहयाेग अभियान सञ्चालन गर्ने उहाँकाे भनाई छ ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै पुर्व वडा सदस्य अस्टमाया तामाङले सिम्पाल भाैगाेलिक हिसावले पिछडिएकाे क्षेत्र भएकाे भन्दै यस ठाउँमा सडक राम्राे बनाउनु आवस्यक रहेकाे बताउनुभयाे । दक्ष स्वास्थ्य कर्मीकाे अभाव छ, सामुदायिक भवन र मन्दिन बनाउन आवस्यक रहेकाे भन्दै गाउँपालिकाकाे ध्यानाकर्षण गराउनुभयाे ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै पुर्व वडा अध्यक्ष श्री लामाले सिम्पाल काभ्रे बनाउन सबै पार्टीकाे एउटै एजेण्डा हुने धारणा राख्नुभयाे । ‘ईन्द्रावती बृहत् खानेपानी बनाउने एजेण्डा निवर्तमान अध्यक्ष बंशलाल तामाङकाे हाे’, उहाँले भन्नुभयाे ‘ । खानेपानीकाे काम गर्दा बिवाद सिर्जना भएकाे भन्दै त्याे बिवाद यसै वडाका अध्यक्षले मिलाउनुपर्ने उहाँले बताउनुभयाे । आफ्नाे कार्यकालमा सिम्पालकाभ्रेमा एक घर एक धारा, यहाँकाे राेड बनाउने प्रस्ताव, वडामा माने बनाउने प्रस्ताव राखेकाे उहाँले स्मरण गर्नुभयाे । ‘अहिले बिकास भएकाे छ कि मेराे कार्यकालमा बिकास भएकाे थियाे जनताले छर्लङ्ग हुनेगरी बुझेका छन’, लामाले भन्नुभयाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले समाजमा रहेका बिक्रितिहरूकाे अन्त्य गर्न यस क्लबकाे स्थापना गरिएकाे हाे जानकारी दिनुभयाे । यश वडामा पुर्वाधार बिकास, सामाजिक बिकास, कला र संस्कृतिकाे बिकास गर्न गाउँपालिकाले महत्वपुर्ण भुमिका निर्वाह गरेकाे उहाँले बताउनुभयाे ।

कार्यक्रम लाई सम्बोधन गर्ने क्रममा नेकपा माओवादी केन्द्र इन्द्रावती गाउँपालिका कोषाध्यक्ष आशिष् लामाले सिङपाल युवा क्लबले गरेको कार्यक्रम   प्रयास सह्रानिय रहेको बताउनुभयाे। वादीस्योङको जात्रा पुर्खाको इतिहास हो सास्कृती लाई जोगाउनु पर्नेमा उहाँले जाेड दीनुभयाे । देवीदेवललाई जोगाउनु नै पहिचान र स्कृती भएकाे लामाले बताउनुभयाे ।

Leave a Reply