रेडियो मिसन, हेलम्बु ।
मेलम्ची खोलामा ९० हजार माछाका भूरा छोडिएको छ। हेलम्बु गाउँपालिकाले मेलम्ची खोलामा माछाका भुरा छोडेको हो। अहिले पहिलो चरणमा अहिले ९० हजार माछाका भुरा छोडेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दिएको जानकारी दिनुभयो । प्रकृतिको पर्यावरण संरक्षण गर्न खोलामा माछा हालेको उहाँले जनाउनुभयो।
गाउँ कार्यपालिकाको निर्णय अनुसार खोलाको प्राकृतिक अस्तित्व फर्काउन माछालगायत नदीजन्य जीव हालिएको अध्यक्ष शेर्पाले बताउनुभयो ।
सुरुमा तराईबाट ल्याइएकोपाँच लाखको माछाका भुरा खोलामा छोडिएको र निकट भबिष्यमै खोलामा पाहा, भ्यागुता र अन्य स-साना जीव पनि हालिने अध्यक्ष शेर्पाले बताउनुभयो । भेमाथाङमुनि मेलम्ची घ्याङदेखि तालामाराङ क्षेत्रसम्म भुरा हालिने पालिकाको योजना रहेको गाएपालिकाले जनाएको छ ।