मेलम्ची
मेलम्ची नगर उद्योग वाणिज्य सघंको प्रथम साधारण सभा सम्पन्न भएको छ । शुक्रबार मेलम्चीमा सम्पन्न साधारण सभाबाट २ बर्षे कार्यकालको लागी पुष्कर प्रसाद धितालको अध्यक्षतामा ३१ सदस्य कार्य समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा सुबास बानियाँ, वाणिज्य तर्फको उपाध्यक्षमा जनकलाल श्रेष्ठ, उद्योग तर्फ उपाध्यक्ष कालीमाया वाइवा, वस्तुगत तर्फ उपाध्यक्ष रामचन्द्र श्रेष्ठ चयन हुनुभएको छ । समितिको महासचिवमा तारा बानियाँ, सचिबमा एकलाल श्रेष्ठ, उपसचिबमा चन्दा श्रेष्ठ र कोषाध्यक्ष प्रतिमा धिताल चयन हुनुभएको महासचिव तारा बानियाँले जानकारी दिनुभयो ।
साथै ३ सदस्य सल्लाहकार समिति पनि आजै गठन गरेको छ । संयोजकमा बिजय कृष्ण श्रेष्ठ सदस्यहरुमा रुद्र पसाद्र दुलाल र प्रेम नारायण लामिछाने चयन हुनुभएको संघका कानुनी सल्लाहकार बिष्णु पसाद्र धिताले जानकारी दिनुभयो ।
आज एक बिशेष कार्यक्रम गरी सम्पन्न भएको संघको साधरण सभामा सघंका निबर्तमान उपाध्यक्ष विजयकृष्ण श्रेष्ठले स्वागत मन्तब्य राख्नुभएको थियो । त्यस्तै कोषाध्यक्ष प्रतिमा धितालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको गर्नुका साथै महासचिव तारा बानियाँले बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले मौसम हेरेर मेलम्चीमा तत्काल अस्थाई ह्युम पाइप राखिने बताउनुभयो । दशै अघि नै यातायात सञ्चालनको लागि ह्युम पाइप राख्ने योजना रहेको उहाँले बताउनुभयो । स्थायी रूपमा यातायात सञ्चालनको लागि मेलम्ची खोलामा बेलिबृज राख्नको लागि नगरपालिकाको बजेटले मात्र नपुग्ने भएकाले थप रकमको लागी मन्त्रालयमा पहल गरिरहेको तामाङले जानकारी दिनुभयो ।
कार्यक्रममा उपप्रमुख उमा प्रधानले ब्यापारी तथा ब्यवसायीहरुसँग छलफल गर्दै अगाडि बढ्ने नगरको योजना रहेको बताउनुभयो । उहाँले नगर वाणिज्य सघंको सल्लाह तथा सुझावका आधारमा बजार ब्यबस्थापन तथा उद्यमीहरुको हितका लागि काम गर्न नगरपालिका तयार रहेको बताउनुभयो ।
कार्यक्रममा वडा नम्बर ११ का वडा अध्यक्ष चन्द्र बहादुर तामाङले उद्योग वाणिज्यसँग हातेमालो गर्दै अगाडि बढ्ने कुरामा वडाबाट सधै साथ र सहयोग हुने बताउनुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य सघं बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठले उद्योग वाणिज्य सघंले गर्ने काम र समन्वय तरिका बारेमा जानकारी गराउनुभएको थियो ।
राष्ट्रिय व्यापार सघंका पूर्व अध्यक्ष तथा समाजसेवी नयन बहादुर पण्डितले यस क्षेत्रमा पहिला ब्यापारीक केन्द्र नै नभएको तथा ब्यापार गर्ने तरिका नै थाहा नभएको सन्र्दभमा अहिले उद्योग वाणिज्य सघं नै खोल्नु भनेको ठुलो सफलता भएको बताउनुभयो । उहाँले आफ्नो अनुभव सुनाउँदै आगामि दिनमा सहयोग गर्दै अगाडि जाने कुरामा तयारी रहेको बताउनुभयो ।
कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष किरणदिप खड्का, वडा नम्बर ११ का पूर्व वडा अध्यक्ष रुद्र प्रसाद दुलाल समाजसेवि सिद्धि नारायण श्रेष्ठ लगायतले आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रम सघंका सदस्य एकलाल श्रेष्ठले सञ्चालन गर्नुभभएको थियो ।