मेलम्ची
मौसम हेरेर मेलम्चीमा तत्काल अस्थाई ह्युम पाइप राखिने मेलम्ची नगरप्रमुख आइतमान तामाङले बताउनुभएको छ ।
दशै अघि नै यातायात सञ्चालनको लागि ह्युम पाइप राख्ने योजना रहेको उहाँले बताउनुभयो । स्थायी रूपमा यातायात सञ्चालनको लागि मेलम्ची खोलामा बेलिबृज राख्ने समेत उहाँले बताउनुभयो ।
बेलिबृज राख्न मेलम्ची नगरपालिकाको बजेटले मात्र नपुग्ने भएकाले थप रकमको लागी मन्त्रालयमा कुरा गर्ने समेत उनले जानकारी दिनुभयो ।
“सम्भव भएसम्म यो बर्षनै बेलिबृज राख्ने प्रयासमा छौँ,” मेलम्ची नगर उद्योग वाणिज्य संघको प्रथम साधारण सभालाई सम्वोधन गर्दै उहाँले भन्नुभयो “मेलम्ची ब्यापारिक केन्द्र भएकाले पनि यातायात सहज बनाउन बेलिबृज आवस्यक रहेको छ ।”
बाढीका कारण मकामा परेका मेलम्चीका साना उद्यमीहरूलाई माथी उकास्नको लागि नगरपालिकाले सहयोग गर्ने उहाँले बताउनुभयो ।
“उद्योग वाणिज्य संघ र नगरपालिका बिच ३,३ महिनामा छलफल गरेर ब्यापारिहरूको हक हितको लागि काम गर्नेछौँ,” उहाँले थप्नुभयो ।