ज्यामिरे स्थित गोल्मेश्वर महादेव मन्दिर उद्घाटन सम्पन्न

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।

मेलम्ची नगरपालिका ९ ज्यामिरे स्थित गोल्मेश्वर महादेव मन्दिरको उद्घाटन गरिएको छ । आज मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ , उपप्रमुख उमा प्रधान लगायतले मेलम्ची नगरपालिका वडा नम्बर ९ मा अवस्थित करिव दुई सय वर्ष पुरानाे गाेल्मेश्वर महादेवकाे नवनिर्मित मन्दिरकाे समुद्घाटन गर्नु भएकाे हो ।

मन्दिर निर्माणका लागि नगरपालिकासँगै स्थानीय बासिहरुले पनि आर्थिक सहयाेग गर्नुभएकाे थियाे । उद्घाटन समाराेहमा प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, वडा नम्बर ९ का अध्यक्ष किरणदिप खड्का, वडा नम्बर २ का नगेन्द्रप्रसाद खतिवडा र १० का अध्यक्ष अमृत खनाल लगायतकाे उपस्थिति रहेको थियाे ।

No description available.

कार्यक्रममा शुभकामना मन्तव्य राख्नु हुँदै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सबै एकजुट भइ गाउँमै बस्ने वातावरण बनाउन आग्रह गर्नुभयो । उहाँले नगर कृषि , पर्यटन , सडक तथा पुर्वाधार निर्माणका लागि लागि परेको बताउदै अब काठमाडौ भन्दा पनि आफ्नै गाउँ बनाउन सबै लाग्नु पर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका तामाङले मन्दिरमा गर्न बाँकी कामका लागि पनि नगरले सहयोग गर्ने बताउनुभयो । त्यस्तै उपप्रमुख उमा प्रधानले धार्मिक मन्दिरले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बिश्वास व्यक्त गर्नुभयो ।  उहाँले गुफाडाडा , धार्मिक स्थल लगायत यस वडाको पर्यटकिय क्षेत्रको विकास गर्दै कृषिसंगै पर्यटनले पनि आय आर्जनमा सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा मेलम्ची ९ का वडा अध्यक्ष किरणदिप खडका , समाजसेवी एबम मन्दिर निर्माणका अभियान्ता ठाकुरनाथ कुइँकेल, इन्द्रावती बहुमुखी क्याम्पस मेलम्चीका प्रमुख राधाकृष्ण श्रेष्ठ लगायतले धार्मिक पर्यटन मार्फत वडाको समृद्धि हुने बिश्वाश व्यक्त गर्नुभयो ।कार्यक्रममा मन्दिर निर्माणमा सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो । मन्दिर तथा परिसर , चतुष्ष्ठी ज्योतिर्लिङ्ग , सामग्री सहयोग , निर्माणमा सहयोगी हरुप्रती मन्दिर समितिका अध्यक्ष नेत्रबहादुर गिरीले आभार प्रकट गर्नुभयो ।

Leave a Reply