इन्द्रावती गाउँपालिकामा ‘घरघरमा झण्डा, स्वास्थ्य संस्थामा अण्डा’ कार्यक्रम शुभारम्भ

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य

नवलपुर

इन्द्रावती गाउँपालिकामा ‘घरघरमा झण्डा, स्वास्थ्य संस्थामा अण्डा’ कार्यक्रम सुभारम्भ भएको छ ।

सुनौलो १००० दिने आमाहरूलाई अण्डा बितरण गरेर कार्यक्रमको सुरूवात गरिएको हो । सुत्केरी आमाहरूलाई आज नवलपुर प्राथमिक अस्पतालमा अण्डा प्रदान गर्दै गाउँपालिकाका उपाध्यक्ष सोभना तामाङले सो कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।

गाउँपालिका भित्र कोहि पनि कुपोषणको सिकारमा नपरून भन्ने उद्देश्यले सो कार्यक्रमको सुरूवात गरेको अस्पतालका डाक्टर धर्मेन्द्र पाण्डेयले जानकारी दिनुभयो । गर्भवती तथा सुत्केरी आमाको स्वास्थ्य अवस्था सुधार गरी निरोगी बनाउका अण्डा बितरण गरिएको उहाँले बताउनुभयो ।

गर्भवती महिला भएको घरमा रातो झण्डा राखिने र सुत्केरी भईसकेपछि निलो झण्डा राखिने छ । सुनौलो १००० दिनको समयसम्म सो झण्डा गाडिने बताईएको छ ।

गाउँपालिकाको आम समृद्वि प्राप्त गर्न स्वास्थ्य क्षेत्रको समृद्वि आवस्यक रहेकाले स्वास्थ्यका बिशेष कार्यक्रमहरू लागू गर्न लागिएको गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले जानकारी दिनुभयो । एउटा आमा स्वस्थ भए भने मात्र समाज र भावी सन्तती स्वस्थ हुने तथा स्वस्थ ब्यक्तिले हरेक क्षेत्रको नेतृत्व गर्न सक्ने नेपालले बताउनुभयो ।

बुधवार अध्यक्ष नेपालले सुनौलो १००० दिने आमालाई पोषण थाली समेत प्रदान गर्नुभएको थियो । सो पोषण थाली दिएर स्थानीय तहमा एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रम सुरूवात गर्नुभएको हो । थालीमा पोषिलो खानेकुराहरू अण्डा, दाल, गेडागुडी, फलफुल, आयोडिनयुक्त नुन, हरियो सागपात लगायत थिए ।

Leave a Reply