थकनीका स्थानियसंग सांसद बस्नेतकाे अन्तरक्रिया

* # समाचार समाज सिन्धुपाल्चोक

ओखरेनीचाैर । नेपाल सरकारका पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री एवम् सिन्धुपाल्चाेक क्षेत्र नं २ का सांसद माेहन बहादुर बस्नेत र मेलम्ची ४ थकनीका स्थानियबिच अन्तरक्रिया कार्यक्रम गरिएकाे छ ।

नेपाली कांग्रेस मेलम्ची ४ काे आयाेजनामा अन्तरक्रिया कार्यक्रम गरिएकाे हाे । स्थानियकाे गुनासाे सुन्न र हालसम्म भएका बिकास निर्माणकाे बारेमा जानकारी दिन कार्यक्रमकाे आयाेजना गरिएकाे मेलम्ची ४ का वडा अध्यक्ष सञ्जिव तामाङले जानकारी दिनुभयाे ।

कार्यक्रममा स्थानियले खानेपानी, सडक, गुम्बा लगायतकाे क्षेत्रमा थप बजेट बिनियाेजन गर्न माग गरेका थिए ।

स्थानियलाई सम्बाेधन गर्दै सांसद बस्नेतले आफु मन्त्री हुँदा सिन्धुपाल्चाेकमा एकै पटक ३९ वटा स्वास्थ्य चाैकी भवन बनाउनकाे लागि संघबाट बजेट बिनियाेजन गरेकाे जानकारी दिनुभयाे ।’अहिले १८ वटा भवन बनाउनकाे लागि बजेट बिनियाेजन भएकाे छ’, उहाँले भन्नुभयाे, ‘बिकासकाे लागि कसैकाे दैलाे चाहार्न पर्दैन, कांग्रेसले बिकास गर्छ’ । २ बर्ष अघि र अहिले मेलम्ची ४ थकनी साटेर ल्याएकाे जस्ताे भएकाे बस्नेतले दावि गर्नुभयाे ।

अन्तरक्रिया कार्यक्रममा भनाई राख्दै बागमती प्रदेश सांसद कृष्ण कुमार तामाङले सानातिना याेजना आफुले प्रदेशबाट ल्याएकाे र ठुला याेजनामा संघिय सांसद माेहन बहादुर बस्नेतले गर्ने बताउनुभयाे । सबैकाे साथ सहयाेगमा वडा कार्यालय र स्वास्थ्य चाैकी भवन बनाउन सफल भएकाे तामाङले बताउनुभयाे । वडा भित्र सिँडि बनाउने, गुम्बा, मठमन्दिर, स्वास्थ्य, शिक्षाकाे क्षेत्रमा धेरै काम भएकाे उहाँले दावि गर्नुभयाे । एकै पटकमा २९ वटा याेजना वडामा आएकाे सांसद तामाङकाे भनाई थियाे ।

कार्यक्रममा नेविसंघ जिल्ला सचिव दिपेश खनालले गत २ बर्षमा मेलम्ची ४ मा बिकास निर्माणकाे कामले गति लिएकाे बताउनुभयाे । मेलम्ची ४ काे वडा कार्यालय वरपर कालाेपत्रे गर्न बजेट बिनियाेजन गरेकाेमा सांसद तामाङलाई खनालले धन्यवाद दिनुभयाे ।

कार्यक्रमकाे समापन गर्दै मेलम्ची ४ का वडा सभापती अमर लामाले भाेट माग्न आएपछि नेताहरू ५ बर्षपछि मात्र अनुहार देखाउने प्रचलनकाे अन्त्य गर्न याे कार्यक्रम गरिएकाे जानकारी दिनुभयाे । जनताकाे गुनासाे सुन्न कार्यक्रम आयाेजना गरिएकाे उहाँकाे भनाई थियाे ।

कार्यक्रममा मेलम्ची कांग्रेस नगर उपसभापती रामशरण गिरि, कांग्रेस नेता अरूण लामा, निर्वाचित जनप्रतिनिधि, समाजसेवी, प्रहरी, भ्रातृ संस्थाकाे नेता, स्थानिय लगायतकाे उपस्थिति रहेकाे थियाे ।

Leave a Reply