रेडियो मिसन ।
इम्प्याक्ट म्याराथन २०२४ सुरु भएको छ । स्वास्थ्य र पर्यटनका लागि दौड भन्ने नाराका साथ मेलम्ची ६ बतासेमा सुरु भएको म्याराथन ४२ किलोमीटर २१ किलोमीटर र १० किलोमीटर गरि ३ समूहमा हुने आयोजकले जनाएको छ । जसअन्तर्गत ४२ किलोमिटर समुहमा १५ जना सहभागी भएका छन् । जसमध्ये १४ जना विदेशी र एकजना नेपाली रहेको छ । नेपालीमा स्थानीय शिक्षक ज्यानबहादुर तामाङ रहेको आयोजकले जनाएको छ । त्यस्तै २१ किलोमीटर समुहमा २३ जना र १० किलोमिटर समुहमा १०१ जना सहभागी भएका छन ।
४२ किलोमिटर समुहको बिहान सात बजे २१ किलोमिटर समूहको बिहान ८ बजे र १० किलोमिटर समूहको बिहान ९ बजे सुरु भएको म्याराथनको सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सांसद मोहन बहादुर बस्नेतले आज उद्घाटन गर्नुभएको आयोजकले जानकारी दिएको छ।
धौलेश्वर महादेवको प्रचारप्रसार तथा पर्यटन प्रवर्धनका उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा स्थानीयका लागि १० किलोमिटर, स्वदेशी तथा विदेशीका लागि २१ किलोमिटर र अन्य इच्छुक खेलाडीहरूका लागि ४२ किलोमिटरको रुट तय गरिएको छ ।
इम्प्याक्ट म्याराथन र टार्गेट हिमालय ट्रेक्स प्राइभेट लिमिटेड को आयोजनामा भएको म्याराथन बतासेबाट सुरु भई थकनी थानकुने भन्ज्याङ हुँदै धौले परिक्रमा गरी पुनः बतासेमा आएर समापन हुने संयोजक दावा तामाङले जानकारी दिनुभयो। खेलाडीहरूलाई आयोजकले टिसर्ट उपलब्ध गराउनका साथै आकर्षक पुरस्कारको पनि व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।
यो प्रतियोगिता नेपालमा आयोजना भएको ९ वर्ष भएको छ भने बतासेमा भएको यो तेस्रो वर्ष हो ।