मध्यपहाडी लाेकमार्गकाे लागि ७६ कराेड सुनिश्चित, पुर्वमन्त्री बस्नेतद्वारा फिल्ड निरिक्षण

* # समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची । नेपाल सरकारका पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य माेहनबहादुर बस्नेतले पाटीभञ्ज्याङ देखि बाहुनेपाटी खण्डकाे मध्यपहाडी लाेकमार्गकाे निरिक्षण तथा अनुगमन गर्नुभएकाे छ ।

मध्यपहाडी लाेकमार्गकाे लागि ७६ कराेड सुनिश्चित भएकाे छ । लाेकमार्गकाे अनुगमन गर्दै पुर्वमन्त्री बस्नेतद्वारा यश खण्डमा अब गुणस्तरीय सडक बन्ने बताउनुभयाे । ७६ कराेड मध्ये अधिकांस काम सिन्धुपाल्चाेकमा हुने उहाँले जानकारी दिनुभयाे ।

निरिक्षणकाे क्रममा बस्नेतले यश अघि पनि साना तथा मझाैला याेजना परेकाे अवगत गराउनुभयाे । ‘यश क्षेत्रमा ठुलाे रकम परेकाे छ । समयमा काम गर्न पर्याे’, पुर्वमन्त्री बस्नेतले भन्नुभयाे । समयमा काम नभएमा रकम अन्त जाने भन्दै चाँडै काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई उहाँले निर्देशन दिनुभयाे ।

साथै बस्नेतले स्थानियकाे मागकाे सम्बाेधन गर्दै जाने बताउनुभयाे । केही समय अघि काउलेमा उद्घाटन भएकाे नगर अस्पतालमा अावस्यक सामान उपलब्ध गराएकाे बताउँदै ५ बर्ष भित्रमा भाेटकाे कदर हुने गरि काम गर्ने उद्घाेश गर्नुभयाे ।

शुक्रवार स्थानिय र निर्माण व्यबसायी बिच अन्तर्क्रिया कार्यक्रम समेत गरिएकाे छ । यश क्षेत्रमा बिनियाेजित रकम बाट कसरी काम गर्न सकिन्छ भनेर स्थानिय संग छलफल गरिएकाे थियाे । अन्तर्क्रिया कार्यक्रममा बजेट सुनिश्चित भएर तिव्र गतीमा काम भइरहेकाे स्थानियले बताएका छन । बाटाे खन्दा खानेपानीका पाइप लगायत गाेरेटाे बाटाे बिच्छेद भएकाे भन्दै त्यसकाे समेत मर्मत गरिदिनपर्ने स्थानिय अनिल थापाले माग गरे । पिप्लेमा बसपार्क निर्माण गरिदिनुपर्ने तथा सिँचाई कुलाेकाे मर्मत गरिदिनुपर्ने उहाँले माग राख्नुभयाे ।

मध्यपहाडी लाेकमार्गकाे पाटीभन्ज्याङ देखि बाहुनीपाटी खण्डमा बन्धना भगवती कन्स्ट्रकसनले काम गरिरहेकाे छ । अन्तरक्रिया कार्यक्रममा स्थानियकाे माग सम्बाेधन गर्दै कम्पनीका ईन्जिनियर देव ढुंगेलले स्थानियकाे सबै माग पूरा गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयाे । संघिय सांसद बस्नेतले लाेकमार्गकाे लागि थप बजेटकाे लागि पहल गरिदिएकाे हुनाले गत बर्ष १ अर्व जतिकाे काम गरेकाे जानकारी दिनुभयाे । अझै पनि ४९ कराेड बाँकी रहेकाे उहाँले बताउनुभयाे । लाेकमार्गकाे काम तिव्र गतीमा जाने बताउँदै पाटीभन्ज्याङमा ३०० जना कामदारले काम गरिरहेकाे र भदाैरे बाट पनि काम भईरहेकाे जानकारी दिनुभयाे । काम गर्दा स्थानियकाे खेत, कुलाे नास हुन नदिने उहाँले प्रतिवद्वता व्यक्त गर्नुभयाे ।

अनुगमनकाे क्रममा बागमती प्रदेशका सांसद कृष्ण कुमार तामाङ, कांग्रेस जिल्ला सचिव रमेशराज भण्डारी, क्षेत्रिय सचिव विष्णु घाेरासैनी, मेलम्ची नगर सभापती वसन्त गुरूङ, यश भेगका निर्वाचित जनप्रतिनिधिहरू लगायतकाे उपस्थिति रहेकाे थियाे ।

Leave a Reply