रेडियो मिसन ।
सुर्यमुखि साना किसान कृषि सहकारीको १८ औं बार्षिक साधारणसभा आज भोटेचौरमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि पुर्व अर्थमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अब नोट पैसाहरु बन्द हुने बताउनुभयो । उहाँले सफ्टवेयर मार्फत सबैकुरा हुने भएकाले त्यहीँ अनुसार अपग्रेड हुनपर्ने बताउनुभयो । पाण्डेले अहिले कारोबार खुम्चिएको कारण राजस्व संकलन नभएको बताउनुभयो । उहाँले देशमै युवाहरुलाई राखेर आर्थिक गतिविधि संचालन गर्नपर्ने बताउनुभयो ।

नेपालको विकासको लागी अब छरिएको बस्तीलाई केन्द्रित गरि सबै सेवा सुविधा पुग्ने गरि त्यसैलाई शहर बनाउने गरि योजना बनाउन पर्ने बताउनुभयो । अचल सम्पत्तिमा लगानी गर्नभन्दा पनि चल्त्तीको ब्यापार ब्यबशाय गर्नका लागी सुझाउनुभयो । आफु अर्थमन्त्री हुँदा साना किसान कृषि सहकारीको क्षेत्रमा गरेका कामको जानकारी गराउँँदै आगामी दिनमा समेत सफलताको सुभकामना व्यक्त गर्नुभयो । विभिन्न पारिवारिक सहकारीहरुका कारण अहिले धेरै सहकारीको बद्नाम भइरहेको भन्दै अनुशासनमा नभएका सहकारी संकटमा परेको बताउनुभयो । पुर्व अर्थमन्त्री पाण्डेले सहकारीले विविधीकरण नगर्ने हो भनेपनि सहकारी कमजोर हुने दावी गर्नुभयो ।
मेलम्ची २ का वडा अध्यक्ष नगेन्द्रप्रसाद खतिवडा ,पुर्व जनप्रतिनिधि बद्रीप्रसाद चौलागाईं,सेतिका देवि माध्यमिक विद्यालयका प्रधानाध्यापक मानबहादुर कार्की,जरायटार साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष शिवप्रसाद भट्टराई लगायतले सुभकामना मन्तव्य राख्नुभएको थियो । संस्थाको बार्षिक प्रगति प्रतिवेदन अध्यक्ष मित्रलाल चौलागाईं प्रस्तुत गर्नुभएको थियो । लेखा समिति प्रतिवेदन लेखा समिति संयोजक कमलमणि खनाल, आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष गोविन्दप्रसाद चौलागाईं,लेखा परिक्षण प्रतिवेदन संस्थाका सहायक प्रबन्धक विना पोखरेलले प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा भिमसेन खतिवडा, राजेश ढकाल, राधिका ढकाल र कोपिला तामाङले आफ्नो प्रतिभा प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उत्कृष्ट बचतकर्ता, ऋणि एस इ इ मा उत्कृष्ट विद्यार्थी लगायतलाई सम्मान सहित पुरस्कृत गरिएको थियो । मेलम्ची नगरपालिकाको ६ वटा वडा कार्यक्षेत्र रहेको यस संस्थामा तिन हजार १३ शेयर सदस्य रहेका छन् ।