तेश्रो सिन्धु राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको तयारी पुरा

* # खेलकुद समाचार समाज सिन्धुपाल्चोक

मंसिर १९ र २० गते बाह्रबिसे नगरपालिकाको बाह्रबिसे बजारमा हुने ‘तेश्रो सिन्धु राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०८०’को तयारी पुरा भएको छ ।

आइतबार पत्रकारसँग भेटघाट गर्दै त्रिपुरासुन्दरी र भोटेकोशी गापा र बाह्रबिसे नगरपालिकाको सहआयोजनामा हुने प्रतियोगिताको तयारी सकिएको सिन्धुपाल्चोक तेक्वान्दो संघले जनाएको छ । सिन्धुपाल्चोक तेक्वान्दो संघका अध्यक्ष प्रेमबहादुर भण्डारीकाअनुसार प्रतियोगितास्थल, बसोबास, प्राविधिक पक्षस्ता अत्यावश्यक काम टुंग्याइएको छ ।

दुई दिने प्रतियोगितामा सात प्रदेश,तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ र आयोजकको एक गरी ११ टोलीका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

एसियाली खेलकुद, दक्षिण एसियाली खेलकुदजस्ता अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडी पनि भिड्ने उहाँले बताउनुभयो । ‘खेलमा ग्यारोगीतर्फ १२ सिनियर र चार जुनियर गरी १६ तौल समूहमा प्रतियोगिता हुनेछ, भने पुम्से गेममा महिला तथा पुरुष एकल ,पेयर र टिम पुम्सेमा प्रतिस्पर्धा रहनेछ,’भण्डारीले भने । प्रतियोगितामा बिजेता प्रथमले ७० हजार ,द्वितियले ५० हजार र तृतियले ३० हजारसहित ट्रफी ,मेडल र प्रमाणपत्र पाउनेछन् ।

प्रतियोगितामा उत्कृष्ट महिला र पुरुष खेलाडीलाई जनही १० हजार दिइनेछ । आयोजक टोलिका स्वर्ण जित्ने खेलाडीलाई जनही पाँच हजार दिइनेछ । यसअघि २०६९ सालमा पहिलो र ०७१ सालमा दोश्रो सिन्धु राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आयोजना भएको थियो ।

Leave a Reply