रेडियो मिसन ।
इन्द्रावती गाउँपालिका वडा नम्बर ६ मा रहेको कालिका सामुदायिक वन उपभोक्ताहरु र कार्यसमिती बिचको करिब दुई दशक लामो विवाद सुल्झाउँदै वनले नयाँ कार्यसमिति पनि चयन गरेको छ । वन उपभोक्ता समिति र कार्यसमिति बीचको विवादलाई टुङ्ग्याउँदै कार्यक्रमले ऐतिहासिक सफलता हाँसिल गरेको वन उपभोक्ता कार्यसमितिका निवर्तमान अध्यक्ष सुजित तामाङले बताउनुभयो ।
प्राकृतिक स्रोत द्वन्द रूपान्तरण केन्द्र नेपालको सहजिकरण तथा माकुरा समुहको आयोजनामा भएको एक कार्यक्रमले विवाद समाधान गरी नयाँ कार्यसमिति चयन गरेको छ । डीपबहादुर तामाङको अध्यक्षतामा ९ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा या तामाङ, सचिवमा बलबहादुर तामाङ, कोषाध्यक्षमा सम्झना श्रेष्ठ, सदस्यहरूमा फुलमाया तामाङ, रामबहादुर सार्की, मैया बोगटी, मिना तामाङ र रामजी श्रेष्ठ रहनुभएको छ ।
वडा स्थित समुदायक भवनमा सम्पन्न कार्यक्रममा इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपाल, उपाध्यक्ष शोभाना तामाङ, प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष शशीनाथ आचार्य, वडा नम्बर ६ का अध्यक्ष इन्द्रबहादुर तामाङ, वडा नम्बर ४ का अध्यक्ष क्षेत्रबहादुर तामाङ, वडा नम्बर ९ का अध्यक्ष बाबुराम लामा, वडा नम्बर ८ का अध्यक्ष दिलबहादुर श्रेष्ठ, अध्यक्षका राजनितिक सल्लहाकार डाल बहादुर सापकोटा, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, निर्वाचित जनप्रतिनिधिहरू, इलाका बन कार्यलय नवलपुरका प्रतिनिधी, प्राकृतिक स्रोत द्वन्द रूपान्तरण केन्द्र नेपालका स्रोत व्यक्ति नेत्र धिताल र सहजकर्ता टिका सुवेदी लगायत माकुरा समूहका सदस्यहरू बन उपभोक्ताहरु लगायतको उपस्थिति रहेको थियो ।