रेडियो मिसन ।
नेपाल गोजुरियो कराँते संघ प्रगती डोजो मेलम्चीको प्रशिक्षणरत कराँते खेलाडीहरुको प्रथम ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, नेपाल गोजुरियो कराँते संघका केन्द्रिय सचिव सानुबाबु गिरी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
४२ जना प्रशिक्षार्थिमध्ये ३० जनालाई एल्लो,११ जनालाई ओरेन्ज बेल्ट र १ जनालाई ब्ल्यु बेल्ट प्रदान गरिएको नेपाल गोजुरियो कराँते संघ प्रगती डोजोका प्रशिक्षक चन्द्र तामाङले जानकारी दिनुभयो । बेल्ट प्रदान गर्दै नगर प्रमुख तामाङले रास्ट्रको सान र गौरव संग जोडिएको सिङ्गो खेलकुद क्षेत्र मानव जीवनको अभिन्न अङ्ग भएको बताउनुभयो ।
उहाँले अनुशासित र लगनशिल भएर खेललाई निरन्तरता दिदैँ आगामी दिनमा राष्ट्रिय र अन्र्तराष्ट्रिय स्तर सम्म खेल्न सक्ने भएर अगाडी बढ्न आग्रह गर्नुभयो । नगर प्रमुख तामाङले खेलाडी हरुलाई आवश्यक सामाग्री तथा नगर पालिकाले गर्नुपर्ने सम्पुर्ण सहयोग गर्न तयार रहेको बताउनुभयो ।
कराँतेको सहजिकरण विजय तामाङ र चन्द्र तामाङले गर्नुभएको थियो भने कार्यक्रम विद्यालयका प्रिन्सिपल ऋषिराम नेपालले सञ्चालन गर्नुभएको थियो ।