नेकपा एमाले सिन्धुपाल्चोकका ८ नेतालाइ महत्वपूर्ण जिम्मेवारी : कसलाई के ?

* # राजनीति समाचार समाज सिन्धुपाल्चोक

नेकपा एमालेले पार्टीका विभिन्न जिम्मेवारहरुमा नेतृत्व हेरफेर गरेको छ । बिहीबार आज बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीका सदस्यहरुको कार्यविभाजन, केन्द्रीय कमिटीमा मनोनयन र प्रदेश इन्चार्ज तोक्ने लगायत निर्णय गरेको हो ।

बैठकले उपाध्यक्षमा गुरु बराललाई मनोनीत गर्ने निर्णय गरेको छ । त्यस्तै, मुकुन्द न्यौपाने र लीलनाथ श्रेष्ठलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ । १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ भने प्रदेश इन्चार्ज पनि हेरफेर भएको छ ।

कोशी प्रदेश इन्चार्जमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा डाः राजन भट्टराई गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखराज भट्टलाई तोकिएको हो ।

नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठकले सिन्धुपाल्चोकको विभिन्न नेतालाई जिम्मेवारी तोकेको छ । जसमा अमृत कुमार बोहोरालाई केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्षमा मनोनित गरीएको छ ।


यस्तै शेर बहादुर तामाङलाई स्थायी कमिटी सदस्य तथा प्रमुख सहरी बिकाश बिभागको जिम्मेवारी दिईएको छ । अरुण नेपाललाई पोलिटब्युरो सदस्य तथा बुद्धिजीवी फाँट प्रमुखको जिम्मेवारी दिईएको छ । सरेश नेपाललाई पार्टी केन्द्रिय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला ईन्चार्जको जिम्मेवारी दिईएको छ ।


दावा तामाङलाई केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक क्षेत्र नं १ ईन्चार्जको जिम्मेवारी दिईएको छ । सुभास कर्माचार्यलाई केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक क्षेत्र नं २ इन्चार्जको जिम्मेवारी दिईएको छ । डम्बर अर्याललाई केन्द्रीय अनुशासन आयोगको सदस्य र अमान सिँह तामाङलाई केन्द्रीय निर्वाचन आयोगको सदस्यको जिम्मेवारी दिइएकाे छ ।

Leave a Reply