बहुप्रकोपमा आधारीत पुर्वसुचना प्रणाली तथा विपद जोखिम न्युनिकरण सम्बन्धि नितिगत छलफल तथा आगामि योजनाका विषयमा अन्तरक्रिया कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । आज एक कार्यक्रमका विच सरोकारवालाहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको अवसरमा बोल्दै पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्रि तथा कार्यक्रमका प्रमुख अतिथि मोहन बहादुर बस्नेतले जनप्रतिनिधिले अरुलाई सिकाउने मात्र नभई आफैं नेतृत्व गर्नुपर्नेमा जोड दिनुभएको छ । प्राकृतिक विपत्तीको निरन्तर क्षतीका कारण नागरीकले भोगेको दुखमा सैद्धान्तीक र बैचारीक मात्र नभई व्यावहारीक हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ । काम गर्नकाे लागि पदिय जिम्मेवारीमा नभए पनि मन भयो काम गर्न सकीने उहाँले बताउनुभयो । हरेक प्रकारका विपद तथा महामारीमा तत्कालका लागि राहत उद्धार र पुर्नस्थापनाको क्षेत्रमा तिनै तहको सरकार जिम्मेवार हुनुपर्नेमा उहाँले जोड दिनुभयो । हेलम्बुको रातोपुल र मेलम्चीको बेलिब्रिज निर्माणमा आफुले अगुवाई गरी काम गर्दा आज नागरीकलाई सहजता भएको उहाँको भनाई थियो । विपदको समयमा तत्कालै काम गरी नागरीकको जनजिवीकामा सहजता ल्याउने तर्फ केन्द्रीत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । निर्वाचनको समयमा हरेक राजनितिक दलको फरक फरक ऐजेण्डा भएपनि नागरीकको समस्यामा सबै एक भएर काम गर्नुपर्ने प२र्वमन्त्रि बस्नेतले बताउनुभयो ।
सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का माननिय माधव सापकोटाले जिल्लामा विपदका कारण हरेक बर्ष नागरीकले दुख भोग्दै आउनुपरेको बतउनुभयो । तिनै तहका सरकार नागरीकले भोगिरहेकका समस्याहरुमा एक भएर काम गरेमा मात्र नागरीकले महशुस गर्न सक्ने उहाँको भनाई थियो । विपदको पुर्वतयारी र क्षतीको न्युनिकरणका लागि योजना बनाई काम गर्नुपर्नेमा उहाँले जोड दिनुभएको थियो । निति तथा योजना निर्माताहरुले राहतमा भन्दा नितिगत अल्झनहरु हटाई सहजै काम गर्ने वातावरण सृजना गर्नुपर्ने साँसद सापकोटाले बताउनुभयो । मानव सिर्जीत विपदका कारण पनि नागरीकहरु मारमा परेको उहाँको भनाई थियो । प्रभावकारी योजना बनाई कार्यान्वयन पाटो बलियो बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
बागमति प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले विपद सम्बन्धि अनविज्ञताका कारण पनि क्षति बढि हुने गरेको बताउनुभयो । विपदका कारण बागमति प्रदेशले ठुलो मात्रामा क्षति बेहोरिरहेकोले सरकारले उच्च प्राथमिकता राखेर काम गरिरहेको उहाँले जानकारी दिनुभयो । जोखिम नक्साङ्कन र पुर्वसुचनाको लागि बजेट व्यावस्थापन गरि काम गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।
बागमति प्रदेशका पुर्व भौतिक पुर्वाधार तथा विकास मन्त्रि युवराज दुलालले यतिबेला जिल्लाभर विपद आईपरेको अवस्थामा योजना मात्रै नभई प्रभावितको जनजिवन सहज बनाउनुपर्ने बेला रहेको बताउनुभयो । विपद निम्त्याउन नेतादेखि जनता सबै उत्तिकै जिम्मेवार रहेको उहाँको भनाई थियो । जनतालाई सरकार छ भन्ने आभाष दिलाउन नसकेको पुर्वमन्त्रि दुलालले बताउनुभयो । ७८ सालको बाढि प्रभावितले हालसम्म पनि दोसो र अन्तीम किस्ता पाउन नसक्नु दुखद कुरा भएको बताउनुभयो । तिनै तहका सरकारले आपतकालिन रूपमा काम गर्ने संयन्त्र बनाई काम गर्नुपर्ने उहाँको भनाई थियो । हाल अवरूद्व रहेका सडक सञ्चालन गर्न स्थानिय सरकारले नसकेको खण्डमा प्रदेश सरकारले दिन मिल्ने श्रोतको प्रयोग गरि सडक सञ्चालन गर्नुपर्ने दुलालले बतउनुभयो । दिगो संरचना निर्माणका लागि गरेका कामहरू बालुवामा पानी भएको तर केही संरचनाले मात्रै काम गरेको उहाँले बताउनुभयो । अस्थायि रूपमा सञ्चालन भएका सडक सञ्जालहरूलाई दिगो संरचनाको रूपमा विकास गरी आगामि दिनमा विपद पुर्वानुमान गरेर काम गर्न उहाँले सुझाव दिनुभयो ।
बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले नीति बनाउने र कार्यान्वयन गर्नेको विचमा तालमेल नहुंदा समस्या हुने गरेको बताउनुभयो । बनाउनुपर्ने कानुन, कार्यान्वयन गर्ने निकायले दिगो सोच राखेर बनाउन सके प्रभावकारी हुने पौडेलको भनई थियो । ठिक समयमा नभएका निर्णयहरूका कारण आज यो विपत्ति भोग्नुपरे पनि भोलिको दिनमा ती कुरा नियमनमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । विपद विरूद्वको संस्कारलाई त्याग्दै जाँदा पनि विपदले ठुलो रूप लिने गरेको उहाँले बताउनुभयो । अधिकारक्षेत्र स्थानिय तहलाई दिएपनि बजेटमा संघिय सरकार हावि रहेकोले पनि समस्या हुने गरेको पौडेलले बताउनुभयो । बनेका नितिहरूलाई कार्यान्वयन गर्न सबै एक हुनुपर्ने उहाँको भनाई थियो ।
बागमति प्रदेश सभा सदस्य कृष्ण कुमार तामाङले दुईवटा बनेट बनाँउदै गर्दा आफ्नो निर्वाचन क्षेत्रमा बाढिका कारण क्षति पुगेका संरुचनाहरुको केही मात्रामा भएपनि काम गर्न सकेको बताउनुभयो । सामाजिक संघसंस्था, सानाठुला व्यावसायहरू, व्यक्तिगत संरचना तथा खेतीयोग्य जमिन शंरक्षणमा आफ्नो तर्फवाट कुरा उठाँउदै आएको र काम गर्दै आएो उहाँले बताउनुभयो । प्रदेश सरकार मार्फत धेर थोर ठाँउमा काम भईरहेको तर पर्याप्त नरहेको उहाँको भनाई थियो । विपद परेको समयमा प्रदेश सरकारको तर्फबाट आफू उपस्थित भई क्षतिको अवस्था र नागरिकको पीडामा मल्हम लाउने कोशिस गरीरहेको उहाँले बताउनुभयो । बाढीबाट क्षतिगसत संरचनाको पुर्ननिर्माणका लागि बजेट व्यावस्थापनमा प्रदेश सरकार र संघिय सरकारसंग समन्वय गरीरहेको उहाँले जानकारी दिनुभयो । मेलम्ची भोताङ, मेलम्ची हेलम्बु र मेलम्ची बाँसखर्क बरूवा सडकको लागि केही बजेट व्यावस्थापन भईसकेको र थप बजेटको लागि पहल गर्ने उहाँले बताउनुभयो ।
बागमती पदेश सभा सदस्य कुमारी तामाङले जिल्लाभर विपद भईरहे पनि यतिबेला पाँचपोखरी बढि मारमा परेको बताउनुभयो । सरकारको नेतृत्वमा रहने राजनितीक दलहरूले बढि पहल गर्नुपर्ने र यसमा राष्ट्रीय पञ्जातन्त्र पार्टीले सर्मथन जनउने उहाँले बताउनुभयो । नेतृत्व गर्नेको साथमा अरू दल र माननियले सहयोग गरी नागरीकलाई सहजता दिलाउन लाग्नुपर्ने उहाँले बताउनुभयो ।
मेलम्ची नगर प्रमुख आइतमान तामाङले मेलम्चीमा २०७८ असार १ देखि आएको बाढिका कारण हालसम्म पनि जोखिम निरन्तर रहेको बताउनुभयो । बाढीपछीको पुर्ननिर्माणमा पालिकाले अहीले पनि काम गरीरहेको उहाँले बताउनुभयो । गत असार ३० मा आएको बाढिका कारण नेसनल हाईड्रोपावर तथा मेलम्ची भोताङ सडकखण्डमा क्षति पुगेको उहाँले जानकारी गराउनुभयो । संघिय तथा प्रदेश माननियहरूले योजना बनाउने, मानव वस्ति र खेतियोग्य जमिन शंरक्षणका लागि पहल गर्नुपर्ने तामाङले बताउनुभयो । बाढिपछि संघिय सरकार तथा प्रदेश सरकारले आश्वासन मात्रै दिएपनि स्थानिय सरकारले निरन्तर काम गरिरहेको नगर प्रमुख तामाङले बताउनुभयो । स्थानिय सरकारले दिगो रूपमा हुने काम गर्नका लागि श्रोत अभाव रहेको उहाँले बताउनुभयो । बाढी पछीको पुनःनिर्माण कार्यमा प्रभावितले पाउने किस्तामा ढिलाई भईरहेको उहाँले जानकारी गराउनुभयो । बर्षातका कारण रोकिएका सडक सञ्जालहरू साना सञ्चालन गरेको तर ठुला पहिरो गएको ठाँउमा ठुलो मात्रामा बजेट खर्च हुने भएकाले तत्काल काम गर्न नसकेको नगर पञ्मुख तामाङले बताउनुभयो । फट्टेमा पुल बनाउन संघिय सरकार र प्रदेश सरकारलाई आग्रह गरेपनि बजेट नआएपछि पालिकाले आफैँले ३६ करोडको लागत अनुमान गरी स्विकृतिका लागि अनुरोध गर्दा प्रकियागत रूपमा ढिलाई भईरहेको, हालसम्म स्वीकृति नपाएको उहाँले बताउनुभयो । विकास र समृद्धिका लागि सबै एक ठांउमा उभिनुपर्नेमा नगर पञ्मुख तामाङले जोड दिनुभयो ।
ईन्द्रावती गाँउपालिकाका अध्यक्ष झम्कनाथ नेपालले बुझेका कुराहरूलाई व्यावहारमा कार्यान्वयन गर्न जोड दिनुपर्ने बताउनुभयो । नियमित रूपमा प्राकृतिक विपत्ति झेलिरहेको सिन्धुपाल्चोकमा न्युनिकरणका लागि दाता निकाय तथा संस्थाहरूले मल्हम पट्टि लगाईरहेको अध्यक्ष नेपालले बताउनुभयो । संरचनागतरूपमा भएका संयन्त्रलाई परिचालन भईरहेकोले सरल र सहज तरिकाले काम गर्न कानुनि अल्झनहरू हटांउदै कार्यान्वयन तर्फ ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । प्राकृतिक विपत्तिले नागरीकको जनजिविकामा प्रत्येक्ष असर पारीरहेकोले आगामि दिनमा विपद आउनै नदीने गरी योजना बनाउनुपर्ने र पुर्वतयारीलाई चुस्त दुरुस्त बनाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।
कार्यक्रममा भुगर्भविद डाक्टर वसन्तराज अधिकारी र जलवायु विज्ञ धरमराज उप्रेतीले विपदका कारण यसको असर र आगामि दीनमा रोकथामका लागि गर्न सकीने कामको बारेमा सुझाव दिनुभएको थियो । साथै मेलम्ची नगरपालिका, पाँचपोखरी थाङ्पाल, बाह्रविसे नगरपालिका र हेलम्बु गाँउपालिकाको विपद सम्बन्धि प्रतिवेदन प्रश्तुत गरीएको थियो । स्थानियले स्थलगत रूपमा अध्ययन गरेर योजना बनाउनुपर्नेमा जोड दिएका छन । साथै स्थायि संरचनाको काम जतिसक्दो छिटो सक्नुपर्नेमा जोड दिएक छन ।
कार्यक्रमको समापन गर्दै पञ्मुख जिल्ला अधिकारी भुपेन्द्र थापाले आगामि बर्षको विपद पुर्वतयारीको योजना तर्जुमालाई ध्यानमा राखेर कार्यक्रम आयोजना गरेको बताउनुभयो । जिल्लाका सर्ब जनपञ्तिनिधिहरुलाई एकै ठाँउमा राखेर दिर्घकालिन योजना बनाउन सहयोग पुग्ने उहाँले बताउनुभयो । जिल्लाभर भईरहेका विपदका घटनाहरुमा पञ्सासनको तर्फबाट सक्रिय रुपमा उपस्थीती रहेको उहाँले बताउनुभयो । स्थानिय तहले विपदमैत्रि विकासका योजना बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । साथै पुर्वसुचना पणालिलाई निरन्तरता दिनुपर्ने पमुख जिल्ला अधिकारी थापाले बताउनुभयो ।