यस्ता छन मेलम्ची नगरपालिकाकाे आगामि बर्षकाे मुख्य कार्यक्रमहरू

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

सिन्धुपाल्चाेककाे मेलम्ची नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि १ अर्ब ७६ करोड ८४ लाख ५९ हजार ५ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

मेलम्ची नगरपालिकाकाे १६ औं नगर सभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख आईतमान तामाङले समृद्ध मेलम्ची निर्माणका लागि विभिन्न याेजनाहरू अघि सार्नुभएकाे छ । 

यस्ता छन् मेलम्ची नगरपालिकाकाे नीति तथा कार्यक्रमहरू :

विद्यालयकाे शैक्षिक गुणस्तर वृद्धि एवं सिकाई आदान प्रदानका लागि मेलम्ची नगरपालिकाकाे ईन्द्रेश्वरी मावि, तेर्से मावि, क्याैलेठाना आवि, जनता मावि, ठुलाे थकनि मावि, जाल्पादेवि मावि र सरस्वती माविमा बहु आयामिक छात्रावास निर्माण गर्ने नगरपालिकाले जनाएकाे छ । साथै नगर प्रमुख छात्रवृति मार्फत प्राविधिक शिक्षा र उच्च शिक्षा अध्ययनरत गरीव, जेहेन्दार तथा लक्षित वर्गका विद्यार्थीहरूलाई छात्रवृति प्रदान गर्ने नितिलाई निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख गरीएकाे छ ।

स्थानिय उत्पादनलाई उच्च प्राथमिकतामा राखि आर्थिक बर्ष २०८१/०८२ देखि हाटबजारकाे माध्यमबाट स्थानिय उत्पादनकाे प्रवद्धन र बजारीकरण गर्ने नीति लिएकाे छ । 

कृषि तथा पशु विकासकाे लागि एकीकृत सेवा केन्द्र र घुम्ति शिविर मार्फत कृषकहरूलाई थप सेवा सुविधा पुर्याउने नीति रहेकाे छ । कृषकहरूकाे क्षमता विकासका लागि कृषककै खेतबारीमा गएर तालिम तथा प्राविधिक सेवा उपलब्ध गराउने नीति लिएकाे छ । 

कृषि यान्त्रिकरणकाे सम्भावना कम भएकन एवं यान्त्रिकरणमा लागत बढि लाग्ने क्षेत्रका कृषकहरूलाई प्राेत्साहन गर्न गाेरू पालनकाे लागि अनुदानकाे व्यावस्था गर्ने नीति तथा कार्यक्रममा समावेश गरीएकाे छ । 

मेलम्ची नगरपालिका वडा नम्बर १३ लगाएतका अन्य वडामा रहेका गुठि जग्गाको दिगाे व्यावस्थापनका लागि गुठि संस्थान, प्रदेश सरकार एवं संघिय सरकारसंग आवश्यक समन्वय गर्ने बताईएकाे छ । 

मेलम्ची तथा ईन्द्रावती नदिमा आएकाे भिषण बाढिबाट क्षति भएका सार्वजनिक तथा निजि संरचनाहरूकाे पुनर्निर्माण गर्न निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख गरीएकाे छ । 

मेलम्ची नगरपालिका भित्रका बजार क्षेत्रबाट उत्पादन तथा संकलन हुने फाेहाेरमैलाकाे दिगाे तथा वातावरणमैत्रि व्यावस्थापनकाे लागि उपयुक्त स्थान पहिचान गरि फाेहाेरमैला व्यावस्थापन गर्ने उल्लेख गरीएकाे छ । साथै नगर तथा वडास्तरीय संयन्त्र मार्फत विशेष अभियान सञ्चालन गरि नागरीकहरूलाई फाेहाेर व्यावस्थापनका लागि सचेत गराउने जनाईएकाे छ । 

नगरपालिका भित्रका मुख्य बजार क्षेत्रहरूमा आवश्यकता र मागका आधारमा सार्वजनिक शाैचालय निर्माण गर्ने उल्लेख गरीएकाे छ । 

भ्रष्टाचार शून्य सहनशिलताकाे नीति अवलम्बन गर्दै विकास निर्माण तथा सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहित र शुसासन कायम गरि नागरीकमैत्रि बनाउने नगरपालिकाले नीति लिएकाे छ । साथै नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रमलाई निरन्तरता दिने जनाएकाे छ । माग र आवश्यकताअनुसार सञ्चारकर्मीहरूकाे क्षमता विकासकाे लागि काम गर्ने जनाएकाे छ । 

मेलम्ची नगरपालिकाभित्र मृत्यू भएका हरेक नागरीकहरूकाे मृत्युकाे कारण सहितकाे अभिलेख सम्बन्धित स्वास्थ्य संस्थाहरूमा राख्ने कामकाे सुरूवात गरीने भएकाे छ ।

Leave a Reply