रेडियो मिसन, चौतारा ।
चौतारामा खुला जिमशाला सञ्चालनमा आएको छ । साँगाचोकगढी नगरपालिका वडा न ५ मा सञ्चालनमा आएको जिमशाला नगरबासीहरुलाई स्वस्थ र दीर्घजिवी बनाउने उदेश्यका सुरु गरिएको उद्घाटनका क्रममा मेयर कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो । सो अवसरमा नगर प्रमुख सापकोटाले बढ्दो व्यस्तता र विलासिताका कारणले व्यायमबाट बञ्चित भएका नगरबासीलाई व्यायम गर्ने उत्प्रेणा जागृत हुने विश्वास व्यक्त गर्नुभयो ।
स्वस्थ नागरिक नै नगरको खास सम्पिति भएको जिकिर गर्दै उहाँले जिमशालाको भरपुर उपयोग गर्दै स्वस्थ र तनदुरुस्त नागरिक बन्न उहाँले आग्रह गर्नु भयो ।
नगरपालिकाले सुरु गरेको खुला जिमशाला उद्घाटनको अवसरमा प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल, पूर्वमेयर अमानसिं तामाङ लगायत वक्ताहरुले व्यायमशालाको महत्व र औचित्यमाथि चर्चा गर्नु भएको थियो ।
नगर खेलकूद विकास समितिका उपसंयोजक अमृतमान श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा नगरपालिकाका मेयर उपमेयर पुर्व मेयर पत्रकार स्थानीय लगाएतको जिम समेत गरेका थिए ।