मेलम्चीमा अहीलेसम्मकै बढी पुरस्कार राशि भएको भलिबल प्रतियोगिता हुने

* # अर्थ बाणिज्य खेलकुद जीवन शैली समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, मेलम्ची
मेलम्चीमा जिल्ला स्तरीय पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । मेलम्ची पुनर्निर्माण तथा संरक्षण समिती र मेलम्ची युवा क्लवको आयोजना तथा राम श्रेष्ठको प्रायोजनमा खेल हुन लागेको हो । २०८० बैशाख २५ गतेबाट प्रतियोगिता सुरु हुने आयोजक समिति तथा समाजिक अभियान्ता सागर श्रेष्ठले पत्रकार सम्मेलन गर्दै जानकारी दिनुभयो ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २ लाख,१ लाख र ७५ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । ब्यक्तीगत लगानीमा सर्वाधिक धनराशिको पुरस्कार सहित खेलाडीलाई खाना र बासको समेत ब्यबस्था सहित हुन लागेको यो प्रतियोगिता जिल्लाकै पहिलो भएको आयोजक श्रेष्ठले दावि गर्नुभयो ।
सिन्धुपाल्चोकको मेलम्चीमा जन्मनुभएका राम श्रेष्ठ हाल अमेरिका हुनुहुन्छ । यसबर्ष भलिवलबाट सुरु हुने यस प्रतियोगिता आगामि बर्षहरुमा निरन्तरता दीँदै अन्य खेलहरु प्नि आयोजना गरीने राम श्रेष्ठले प्रतिबद्धता जनाउनुभएको आयोजक समितिका श्रेष्ठले जानकारी दिनुभयो ।

कोरोना, हेलम्बु मेलम्ची बाढीमा राहत तथा उद्धार तथा मेलम्ची पुर्ननिमार्णमा सहयोग गर्दै आउनुभएका श्रेष्ठले खेल क्षेत्रका माध्यमबाट मेलम्ची बन्दै छ भन्ने सन्देश प्रवाहका लागि सहयोग पुग्ने आयोजकले विश्वास ब्यक्त गरेको छ ।

पत्रकार सम्मेलनमा समाजसेवि प्रकाश सापकोटाले खेलको माध्यमबाट हेलम्बु, मेलम्ची,पाँचपोखरी लगायत जिल्लाका विभिन्न पर्यटकिय स्थलहरुमा पर्यटक भि¥याउन तथा पर्यटन प्रर्वधनका लागि भलिवलको आयोजना गर्न लागिएको बताउनुभयो । उहाँले यसले गर्दा जिल्लाका खेलाडीहरुमा हौसला मिल्नुका साथै मेलम्चीको प्रचारमा टेवा पुग्ने बताउनुभयो ।

Leave a Reply