बैदेशिक रोजगारी मुद्दामा फरार अपराधी पक्राउ

* # अपराध समाचार समाज सिन्धुपाल्चोक

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले एक फरार अपराधीलाई पक्राउ गरेको छ । वैदेशिक रोजगार कसूर मुद्दामा फरार रहेकालाई प्रहरीले पक्राउ गरेको हो ।


वैदेशिक रोजगार न्यायाधीकरणको मिति २०७६ माघ २१ गतेको फैसलाले वैदेशिक रोजगार कसूर मुद्दामा एक बर्ष पाँच महिना आठ दिन कैद सजाँय भई फरार रहेका चौतारा साँगाचोकगढि नगरपालिका वडा नम्बर १२ सुनारटोल बस्ने बर्ष ५५ को ईन्द्र बहादुर विश्वकर्मालाई पक्राउ गरीएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राम कुमार यादवले जानकारी दीनुभयो ।


चौतारा साँगाचोकगढि नगरपालिका वडा नम्बर ०५ स्थित चौतारा बजारबाट पक्राउ गरी आज सिन्धुपाल्चोक जिल्ला अदालत पेश गरिएकोमा अदालतले निजलाई लागेको कैद सजाय असुल उपरका लागि आजै जिल्ला कारागार चौतारा चलान गरिदिएको सूचना अधिकारी यादवले जानकारी दीनुभयो ।

Leave a Reply