नवलपुर
आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले आयोजना गरेको जनताको साथमा कांग्रेस कार्यक्रम सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको वडा ४ र वडा १० मा सम्पन्न भएको छ।
आज नवलपुरमा सिन्धु कांग्रेसका पुर्वसभापती विकास लामाको प्रमुख आतिथ्य र इन्द्रावती ४ का वडा सभापति एवम् वडाध्यक्ष क्षेत्र बहादुर तामाङको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै पुर्वसभापती लामाले सबै एक ढिक्का भएर चुनावमा होमिनु पर्ने बताउनुभयो ।
लामालाई जिल्ला कार्यसमितिले इन्द्रावती ४ का लागि प्रतिनिधि खटाएको थियो । उक्त कार्यक्रममा महासमिति सदस्य राजु गोर्खाली वरिष्ठ नेता राजेन्द्रमान ताल्चाभडेल र पुर्व जिल्ला सचिब बिल बहादुर तामाङ लगायत नेताको उपस्थिति रहेको थियो।
यता इन्द्रावती १० को कार्यक्रम भने पुर्वमन्त्री विष्णु विक्रम थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा कांग्रेस जिल्ला सदस्य नवराज भट्टराई लगायत नेताहरूको उपस्थिती रहेको थियो।
पुर्वमन्त्री थापा क्षेत्र २ बाट प्रत्यक्ष तर्फ बाट प्रतिनिधि सभा सदस्य को लागि उम्मेदवार सिफारिस भएका छन भने पूर्व सभापती लामा समानुपातिक तर्फ छन।