राजनीति पेशा नभई जनताप्रति समर्पित समाजसेवा हो : युवा नेता श्रेष्ठ

* # राजनीति समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची

यतिबेला सवै राजनीतिक दलहरु आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनकालागि उम्मेदवार छनौटमा केन्द्रीत भएको छ । दलहरुले जिल्लाजिल्लाबाट पार्टीको तल्लो तहदेखि उम्मेदवारहरुको नाम सिफारिस गरेर केन्द्रमा पठाउने कार्यलाई तीव्रता दिएको छ । सिन्धुपाल्चोकमा सक्रिय राजनीतिक दलहरु नेपाली काँग्रेस, नेकपा एमाले नेकपा माओबादी केन्द्र एकिकृत समाजबादी र राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत सकै जसो पार्टीले उम्मेदवारको नाम सिफारिस गरिसकेका छन् । सत्तारुढ दल नेपाली काँग्रेस केन्द्रमा बाँडफाँटका लागी दिनहुँ जसो बैठक बसिरहेको छ भने जिल्लामा भने एकल रुपमा उम्मेदवार सिफारिस गरेका छन् ।

यसक्रममा नेपाली काँग्रेसले बिगत ३२ बर्ष देखि समाजसेवा र राजनीतिमा अनवरत कृयाशिल सामाजिक अभियन्ता तथा युवा नेताको रुपमा परिचित सागरकुमार श्रेष्ठलाई क्षेत्र नम्बर २, प्रदेश सभा २ बाट प्रत्यक्ष तर्फको उम्मेदवारमा सिफारिस गरेको छ ।

सागर कुमार श्रेष्ठ कोहुन् त ?

२०४६ सालको राजनीतिक परिबर्तनपछि नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आबद्ध भै राजनीतिक यात्रा सुरु गर्नुभएका श्रेष्ठ मेलम्ची नगरपालिका वडा नम्बर ११ सिन्धुपाल्चोकका स्थायी बासिन्दा हुनुहुन्छ । नेपाली कांग्रेस पार्टीको ११ औं माहाधिबेशनदेखि लगातार माहासमिति सदस्य र केन्द्रिय माहाधिबेशन प्रतिनिधि निर्बाचित भएर राजनीतिक यात्रालाई निरन्तरता दिदै आएका श्रेष्ठ हाल केन्द्रिय माहाधिबेशन प्रतिनिधि हुनुहुन्छ । कांग्रेसको सुचना संचार तथा प्रचार बिभाग केन्द्रिय सदस्य २०७८, जिल्ला सम्पर्क समन्वय परिचालन उप समिति केन्द्रिय सदस्य २०७९, कांग्रेस सिन्धुपाल्चोकको जिल्ला सदस्यका रुपमा १ दशक कुशलता पुर्बक जिम्मेवारी निर्बाह गरिसक्नुभएका उहाँले नेपाल विद्यार्थी संघको क्षेत्रीय अधिबेशन संयोजक, नेपाल विद्यार्थी संघ सिन्धुपाल्चोक जिल्ला सदस्य, विद्यार्थी संघ सिन्धुपाल्चोक जिल्ला कोषाध्यक्ष हुदै जिल्ला सचिबसम्मको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।

सामाजिक अभियान्ता उनी

उहाँ राजनीतिका अलवा सामाजिक संस्थाहरुमा समेत आबद्ध भएर सामाजिक अभियान्ताको रुपमा समेत उहाँले आफ्नो परिचय देशभर राख्न सफल श्रेष्ठ डेमोक्रेटिक एनजीओ फेडेरेसन सिन्धुपाल्चोकको बर्तमान सचिब, नेपाल उद्योग बाणिज्य संघ सिन्धुपाल्चोकको क्षेत्रीय संयोजक हुदै, जिल्ला सदस्य तथा हाल उद्योग बाणिज्य संघ सिन्धुपाल्चोकको सल्लाहकार सदस्य, मेलम्ची युबा क्लबको अध्यक्ष भै सामाजिक क्रियाकलापमा र अभियानमा नेतृत्वदायी भुमिका निर्बाह गर्दैै आउनुभएको छ ।

श्रेष्ठ रास्ट्रिय हृदय रोग प्रतिष्ठान सिन्धुपाल्चोकको सदस्य, सुचना संचार तथा बाताबरण सरोकार समाज सस्थाको बर्तमान अध्यक्ष, मेलम्ची खानेपानी आयोजना अन्तर्गत ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम संचालन समितिको सल्लाहकार सदस्य समेत भई सामाजिक कार्यमा सक्रिय भूमिकामा रहनुभएका सागर एक दशकभन्दा लामो समय सक्रिय पत्रकारिता क्षेत्रमा समेत संलग्न हुनुहुन्थ्यो । सोहि बेला नेपाल प्रेस युनियन सिन्धुपाल्चोकको कोषाध्यक्षको रुपमा कार्य गरिरक्नुभएको छ । हाल उहाँ पत्रकारिताबाट अलगीएर सामाजिक कार्य, राजनीति होटल व्यवसायमा सकृय हुनुहुन्छ ।

खेलकुद क्षेत्रमा उनको संलग्नता

श्रेष्ठ पत्रकारितासंगै खेलकुद क्षेत्रमा समेत स्थापित एक कुशल खेलाडी समेत हुनुहुन्छ । उहाँले जिल्ला खेलकुद बिकास समिति सिन्धुपाल्चोकको सदस्य, जिल्ला भलिबल संघ सिन्धुपाल्चोकको सचिब, मार्सल आर्ट, भलिबल र अन्य खेलकुदमा समेत खेलाडी तथा प्रशिक्षक भई लामो समय खेलकुद क्षेत्रको बिकास र उनन्नयनमा कृयाशिल श्रेष्ठ सहकारी अभियानको कुशल नेतृत्वकर्ताको रुपमा समेत परिचित हुनुहुन्छ ।

राजनीति बिशुद्ध समाजसेवा हुनुपर्छ

राजनीति बिशुद्ध राष्ट्र, समाज र जनताप्रति समर्पित समाजसेवा भएकाले यो पेशा नभएको श्रेष्ठ भनाई छ । उहाँले सामाजिक क्षेत्रलाई प्रहिलो प्राथमिकताका रुपमा राख्नुभएको छ । यसैक्रममा राजनीतिलाई सामाजिक सेवाको रुपमा चित्रण गर्दै भुकम्प, कोरोना माहामारी, आगलागी र बाढिपहिरो जस्तो प्राकृतिक बिपत्ति र जनताको दुःखमा राहत, पुर्नस्थापना र पुननिर्णमा सदैब क्रियाशिल रहदै नेतृत्व दायी भुमिका निर्बाह गर्दै आउनुभएको छ । गत असारमा मेलम्ची, हेलम्बु र पाँचपोखरी क्षेत्रमा आएको अकल्पनीय प्राकृतिक बिपत्तिपछि यसको संरक्षण, पुर्नस्थापना र पुर्ननिर्माणमा सामाजिक अभियन्ताका रुपमा नेतृत्वदायी भुमीकामा रहेर काम गर्नुभएका श्रेष्ठ आत्मर्निभर र भ्रष्टाचार रहित समाजकालागि प्रत्येक राजनीतिकर्मी कुनै न कुनै उद्यमसंग आबद्ध हुनुपर्छ भन्ने मान्यता राखनुहुन्छ ।

उहाँ विद्यार्थी संगठनमा कृयाशिल भएकै समयदेखि एक उद्यमीका रुपमा मेलम्ची बजारमा आफ्नो छुट्टै पहिचान राखेका श्रेष्ठको पर्यटन क्षेत्रको बिकास र प्रबद्र्धनका लागि होटेल ब्यबसायमा संलग्न हुनुहुन्छ । गत असारमा आएको बाढिले डुबानमा परेको करिब १५, करोड लगानीमा बनेको सुबिधासम्पन्न होटेल मेलम्ची क्याफे इनको एकल लगानीकर्ता समेत हुनुहुन्छ ।

Leave a Reply