भोटेचौरमा जारी खुला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा

* # खेलकुद समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची ।
मेलम्ची नगरपालिका वडा नम्बर १ भोटेचौरमा जारी खुला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ ।
मेलम्ची नगरपालिका वडा नम्बर ७ स्थित सृजनशील युवा क्लब, मेलम्ची नगरपालिका वडा नम्बर २, योङ स्टार युवा क्लब र मेलम्ची १२ सेमिफाइनलमा पुगेका हुन् ।

आज भएको अन्तिम क्वाटर फाइनलमा मेलम्ची नौ ज्यामिरेलाई मेलम्ची बाराले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । त्यस्तै आजै भएको अर्को खेलमा मेलम्ची ३ लाई पराजित गरेको मेलम्ची २ पनि सेमिफाइनलमा प्रवेश गरेको छ। सृजनशील युवा क्लबले मेलम्ची नगरपालिका वडा नम्बर ८लाई पराजित गरी सेमीफाइनलमा स्थान बनाउँदा योङ स्टार युवा क्लबले पनि फाइनल प्रवेशका लागि खेल्ने भएको छ।

मेलम्ची नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोग तथा भोटेचौर स्पोट्र्स क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा भोलि सेमीफाइनल र फाइनलका खेलहरू हुने आयोजकले जनाएको छ। भोलि फाइनल खेल हुने प्रतियोगिताको विजेताले १ लाख, दोस्रो हुनेले ५० हजार र तेस्रो हुने टोलीले २५ हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।।

Leave a Reply