चोरी र अमानविय व्यवहार मुद्दाका २ जना फरार अपराधी पक्राउ

* # अपराध समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, चौतारा ।
जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले २ जना फरार अपराधी पक्राउ गरेको छ । चोरी र अमानविय व्यवहार मुद्दाका २ जनालाई पक्राउ गरेको हो ।

नकबजनी चोरी मुद्दामा तिन बर्ष कैद र तिस हजार जरिवाना सजाँय भई फरार रहेका पाँचपोखरी थाङपाल गाउँपालिका ७ का २१ वर्षीय सुकवीर तामाङ र अमानविय व्यवहार मुद्दामा १५ दिन कैद र पाँच हजार जरिवाना सजाँय भई फरार रहेका चौतारा साँगाचोकगढी नगरपालीका वडा नं. १३ का ५७ वर्षीय तान बहादुर श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
तामाङलाई बुधबार दिउँसो २ बजे टारबाट र श्रेष्ठलाई बिहीबार दिउँसो पौने तीन बजे आफ्नै घरबाट पक्राउ गरेर आजै अदालत पेश गरिएको र उनिहरुलाई लागेको कैद जरिवाना सजाय असुल उपरका लागि आजै जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यलयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राम कुमार यादवले जानकारी दिनुभयो ।

Leave a Reply