मेलम्ची नगरपालिकामा पालिका स्तरीय विपद् जोखिम न्युनिकरण रोकथाम तथा व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मेलम्ची नगरपालिका विपद व्यवस्थापन समिति संयोजक एवं नगरप्रमुख श्री आइतमान तामाङकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।
प्राक्टिकल एक्सन नेपाल र सामुदायिक विकास तथा वातावरण संरक्षण मन्च नेपाल (CDECF) को आयोजना तथा मेलम्ची नगरपालिकाको समन्वयमा भएको कार्यक्रममा विपद जोखिम न्युनिकरण, व्यवस्थापन एवं पूर्व तयारी तथा प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने विषयमा सरोकारवालासँग छलफल एवं अन्तरक्रिया भएको थियो ।
मेलम्चीमा ३९९ वटा घर अझैपनि बाढीकाे जाेखिममा रहेकाे तथ्यांकमा उल्लेख गरीएकाे छ । अबकाे केही दिनमा मनसुन भित्रने भएकाले सबै निकाय चनाखाे हुनुपर्ने विषयमा छलफल भएकाे थियाे । बिपद प्रतिकार्यकाे लागि भएका उपकरण, रातकाे समयमा समुदायलाई कसरी सचेत गराउने लगाएतका विषयमा छलफल भएाे थियाे ।
मेलम्ची नगरपालिकाले ३ ठाउँमा साइरन राखेकाे विपद तथा वातावरणा शाखा अधिकृत सुजन दुलालले बताउनुभयाे । मेलम्ची, तालामाराङ र बाहुनीपाटीमा साइरन राखीएकाे छ । विपद पुर्वतयारीकाे लागि ५६ थरिका सामाग्री मेलम्ची नगरपालिकाले खरीद गरेकाे छ । जुन ५ मा कृतिम घटना अभ्यास हुने दुलालले बताउनुभयाे ।

अन्तरक्रिया कार्यक्रमलाई सम्बाेधन गर्दै नगर प्रमुख आइतमान तामाङले माैसम पुर्वानुमान संग सम्बन्धित कुराहरूकाे बारेका छलफल भइरहेकाले याे बर्ष मनसुनजन्य घटना बढी हुने भएकाले सतर्क अपनाउनुपर्ने बताउनुभयाे। अघिल्लाे बर्ष गरेकाे पुर्वतयारीले क्षती कम भएकाे उहाँले बताउनुभयाे । राज्यले विपद पुर्वतयारीकाे लागि प्रभावकारी काम गर्न नसकेकाेमा गुनासाे गर्नुभयाे । राज्यले स्पष्ट नीति र बजेट व्यावस्थापनमा ध्यान दिनुपर्ने प्रमुख तामाङले बताउनुभयाे । मेलम्ची खानेपानीकाे ड्याम साइडसम्म जाने बाटाे बनाउने काम केन्द्र सरकारकाे भएपनि वास्ता नगरेकाेप्रति तामाङले गुनासाे गर्नुभयाे । स्थानिय सरकारले तत्कार उद्दार, खाेज कार्य गर्नेसम्म मात्र गर्न सक्ने उहाँले बताउनुभयाे । मेलम्ची नगरपालिकाकाे तालामाराङदेखि सिपाघाटसम्म बढी क्षति हुने सम्भावना रहेकाे उहाँकाे भनाइ थियाे । २०७८ सालमा आएकाे बाढीमा मानविय क्षति नभए पिन भाैतिक क्षति भएकाले अब भाैतिक क्षति पनि कम हुनेगरी काम गर्नुपर्नेमा उहाँले जाेड दिनुभयाे। संघ र प्रदेशले मेलम्ची क्षेत्रमा बजेट हालेपनि बस्ती संरक्षण हुन नसकेकाे नगर प्रमुख तामाङले बताउनुभयाे । वडा भन्दा पनि तल झरेर केन्द्र र प्रदेशले बजेट बिनियाेजन गर्दा दिगाे बिकास नभएकाे उहाँकाे भनाइ थियाे । आगामि दीनमा बजेट कार्यान्वयमा नगरपािलकासंग सहकार्य नगरे काम गर्रन नदीने उहाँले बताउनुभयाे । वडाअध्यक्षहरूलाइ तयारी अवस्थामा रहन आग्रह गर्दै विपद पुर्वतयारीकाे लागि बजेटकाे चिन्ता लिनु नपर्ने बताउनुभयाे ।
आगामी दिनमा आउन सक्ने प्राकृतिक विपद् जोखिम न्युनिकरण व्यवस्थापन रोकथाम तथा उद्धारका योजना बनाउन आयोजना गरिएको कार्यक्रममा विभिन्न विषयगत शाखाका प्रमुख, नेपाली, सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका प्रमुख तथा स्थानीय स्काउट परिषद, रेडक्रस तथा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि सरोकारवाला साथै पत्रकारहरूको सहभागिता रहेको थियो ।
उक्त अन्तरक्रिया कार्यक्रममा विज्ञहरुद्वारा प्राविधिक प्रस्तुतीकरण गरिएको थियो । जल तथा मौसम विज्ञान विभागका मौसमविद सुदर्शन हुमगाईद्वारा मौसम तथा जलवायु हरुको पुर्वानुमान बारे प्रस्तुति रहेको थियो । साथै यो वर्षको मनसुनको प्रभाव र अवस्था बारे प्रस्तुति गरिएको थियो । DHM ले यो बर्षको फोरकास्टकाे बारेमा मिनेस गुरूङ्गले पुर्ब शुचना प्रणालीले समुदायमा पुर्याउन खोजेको सुचना लगाएतका विषयमा प्रश्तुती दीनुभएकाे थियाे ।
जल तथा मौषम विज्ञान विभागका मौषमविद् सुदर्शन हुमगाईंले सिन्धुपाल्चोकमा विगत ३० बर्षको भन्दा बढी पानीपर्ने पूर्वानुमान रहेको बताउनुभयो । उहाँले पानी पार्ने प्रणाली,मौषम भित्रिने र बाहिरीने प्रक्रियाका बारेमा जानकारी दिदैँ जल तथा मौषम विज्ञान विभागको सुचनाबारे ख्याल गर्न आग्रह गर्नुभयो ।
अन्तरक्रियामा सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च (CDECF) मार्फत हेलम्बु गाउँपालिकामा विपद्का क्षेत्रमा गरेका काम र आगामि योजनाका बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा प्राक्टिकल एक्सनका परियोजना अधिकृत मिनेश गुरुङले भौतिक विज्ञान र नागरिक विज्ञानको महत्वका बारेमा जानकारी गराउनुभयो । उहाँले बाढी, पहिरो तथा विपद्का बेला नागरिहरुले खेल्नसक्ने भूमिका र विज्ञका सुझावका आधारमा पुर्व तयारी र पूर्व सुचनाको क्षेत्रमा महत्वपूर्ण काम गरिरहेको बताउनुभयो ।


