बालबालिकाका लागि उद्घोषण तथा नेतृत्व बिकास तालिम सम्पन्न

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।
मेलम्ची नगरपालिकाको आर्थिक सहयोग तथा मेलम्ची नगर बाल संजालको समन्वयमा शनिवारबाट सुरु भएको उद्घोषण तथा नेतृत्व बिकास तालिम मेलम्चीमा सम्पन्न भएको छ । वाल संजालका पदाधिकारीहरुलाई उद्घोषण तथा नेतृत्व विकासका लागी आयोजना गरिएको तालिममा मेलम्ची नगरपालिका भित्रका १३ वटा वडाका बाल संजालका दुई जना पदाधिकारी र नगर बाल संजालका पदाधिकारी सदस्य गरी ४१ जनाको सहभागीता रहेको थियो ।

तालिमको समापन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सिकेका कुराहरुलाई जोस जाँगरका साथ आगामी दिनमा विद्यालय,वडा,नगरपालिका लगायतका विभिन्न कार्यक्रमहरुमा उद्घोषण तथा मन्तव्य राख्ने बानीको विकास गर्न आग्रह गर्नुभयो । उहाँले बालबालिकाको क्षमता तथा नेतृत्व विकासका लागी नगरपालिकाले विभिन्न सिर्जनात्मक कार्यक्रमहरु गरिरहेको उल्लेख गर्दै समाज परिवर्तनको संवाहकको रुपमा काम गर्न सुझाउनुभयो । कार्यक्रममा उपप्रमुख उमा प्रधानले सहभागिहरुको दक्षता र क्षमता देखेर खुशी लागेको बताउनुभयो ।

उहाँले बालबालिकाको क्षेत्रमा नगरपालिकाले काम गरिरहेको उल्लेख गर्दै आगामी दिनमा अझै बालबालिकाको पक्षमा नयाँ योजनाहरु समेटेर अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभयो । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोककुमार भट्टराईले बालबालिकामा अहिले देखिनै लगानी गरेर दक्ष र क्षमतावान बनाउँदै लगेमा देशमा दक्ष जनशक्ति उत्पादन हुने बताउनुभयो । उहाँले नगरपालिकाले गरेका लगानी खेर जान नदिनका लागी सिकेका कुरा आगामी दिनमा ब्यबारीक जीवनमा लागु गर्न आग्रह गर्नुभयो । कार्यक्रमका प्रशिक्षक डम्बर रसिक भारतीले उद्घोष गर्दा ध्यान दिनपर्ने कुराहरुको बारेमा जानकारी गराउँनुभयो ।

कार्यक्रममा महिला बालबालिका तथा सामाजिक समावेशीकरण शाखाका प्रमुख राजेन्द्र दुलाल, वालबालिका सहजकर्ता केशव पौडेल,बाल सञ्जालकी पूर्व अध्यक्ष सरिता नेपाली,जेष्ठ नागरिक सञ्जालका अध्यक्ष एकादत्त धिताल लगाएतको उपस्थिति रहेको थियो । मेलम्ची नगर बाल संजालका अध्यक्ष अस्मिता तामाङको अध्यक्षतामा भएको कार्यक्रम सञ्जालकी सदस्य सपना वि.कले सञ्चालन गर्नुभएको थियो ।

Leave a Reply