स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा मेलम्ची नगरपालिका पहिलो

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन,मेलम्ची ।

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका प्रथम भएको छ । मेलम्ची नगरपालिकाले आर्थिक वर्ष ७८-७९ को प्रारम्भिक नतिजा तयार गरि जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा पठाएकोमा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले गरेको मूल्याङ्कन अनुसार मेलम्ची नगरपालिकाले ८९.५ प्रतिशत अङ्क प्राप्त गर्दै जिल्लामा प्रथम भएको हो । जसमा नगरपालिकाले योजना बजेट तथा कार्यक्रम व्यवस्थापनमा ९२.८६, कार्यान्वयन क्षमता तथा व्यवस्थापन ९७.९३, लेखाङ्कन तथा प्रतिवेदनमा १०० प्रतिशत ,अनुगमन मूल्याङ्कन तथा लेखा परीक्षणमा ८१.२५ र राजस्व व्यवस्थापनमा ८५.२९ गरि ५ विषय क्षेत्रहरु गरि ९२.५ अङ्क दावी गरेकोमा जिल्ला समन्वय समितिले मूल्याङ्कन गरि अन्तिम नतिजामा नगरपालिकाले ८९.५ प्रतिशत प्राप्त गर्दै प्रथम भएको हो ।

जिल्ला समन्वय समितिको मूल्याङ्कन अनुसार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाले ६५ अंक, जुगल गाउँपालिकाले ५० अङ्क, पाँचपोखरी थाङपाल गाउँपालिकाले ५४ अङ्क, हेलम्बु गाउँपालिकाले ४१.५ अङ्क, चौतारा सांगाचोकगढी नगरपालिकाले ६६ अंक, बलेफी गाउँपालिकाले ६०.५ अङ्क, बाह्रबिसे नगरपालिकाले ६४ अङ्क, त्रिपुरासुन्दरी गाउँपालिकाले ६१.५ अंक, लिसंखुपाखर गाउँपालिका ५४.५ अङ्क र सुनकोशी गाउँपालिकाले ४२.५ अङ्क प्राप्त गरेका छन् । मेलम्ची नगरपालिकाले गत आर्थिक वर्ष ७७-७८ मा पनि ७१.५ अंक प्राप्त गर्दै पहिलो भएको थियो ।

नगरपालिकाका प्रमुख आइतमान तामाङले आगामी वर्षहरूमा पनि स्थानीय तहमा प्रथम हुनेगरि काम गर्ने बताउनुभयो ।सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले स्थानीय तह संस्थागत क्षमता स्व मूल्याङ्कनमा ८६ प्रतिशत अङ्क दावी गरेको छ । स्व मूल्याङ्कनको विषय क्षेत्रहरुको समग्र स्थितिमा ९२.८६ प्रतिशत प्रक्रियागत स्थितिमा ८३.८२ परिणात्मक स्थितिमा ८४.४४ प्रतिशत अङ्क दावी गरेको छ । अब सघिंय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसको गुणस्तर परिक्षण गरि नगरपालिकाको अन्तिम नतिजा प्राप्त हुने नगरपालिकाकी सूचना प्रविधि शाखा प्रमुख अर्पना श्रेष्ठले जानकारी दिनुभयो ।

मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार धितालले आगामी आर्थिक वर्षमा २ वटै मूल्याङ्कनमा ९० प्रतिशत भन्दा माथि अङ्क आउनेगरी काम गर्ने लक्ष्य लिइएको बताउनुभयो । नगरपालिकाका प्रमुख आइतमान तामाङले आगामी वर्षहरूमा पनि स्थानीय तहमा प्रथम हुनेगरि काम गर्ने बताउनुभयो । 

यो नगरपालिका लगातार दोस्रो पटक स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा सिन्धुपाल्चोक  जिल्लामै प्रथम भएको नगर उपप्रमुख उमा प्रधानले जानकारी दिनुभयो । 

Leave a Reply