राष्ट्रिय युवा संघ नेपाल मेलम्ची नगर कमिटीको अध्यक्षमा कुमार श्याङ्दान

* # समाचार समाज सिन्धुपाल्चोक

राष्ट्रिय युवा संघ नेपाल मेलम्ची नगर कमिटीको अध्यक्षमा कुमार स्याङ्दान सर्वसम्मत चयन हुनुभएको छ । आज मेलम्चीमा सम्पन्न तेस्रो अधिवेशनबाट उपाध्यक्षमा सुशील तामाङ, सचिबमा छेसाङ तामाङ निर्वाचित हुनुभएको हो ।

कमिटिको उपसचिवमा श्याम चौलागाईं, दिपक धिताल, कोषाध्यक्षमा रामकृष्ण चौलागाईं गरि २२ सदस्यीय नयाँ नेतृत्व चयन गरिएको नवनिर्वाचित अध्यक्ष कुमार स्याङदानले जानकारी दिनुभयो ।

यसअघि सचीव रहनुभएका स्याङदान अहिले अध्यक्ष हुनुभएको हो । राष्ट्रिय युवासंघ नेपालका केन्द्रिय उपाध्यक्ष कृष्णहरि केसीको प्रमुख आतिथ्यमा आज मेलम्चीमा तेस्रो अधिवेशन सम्पन्न भएको हो ।

कार्यक्रममा पार्टीले केन्द्रिय सदस्य सुवास कर्मचार्या,अनुशासन आयोगका केन्द्रिय सदस्य डम्बर अर्याल, युवा संघका सचिब महेश चौलागाईं लगायत नेताहरुको उपस्थिति रहेको थियो । 

Leave a Reply