इन्द्रावती गाउँपालिकाले ७ वटा माध्यमिक विद्यालयमा प्रधानाध्यापक नियुक्त गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी उत्कृष्ठ उम्मेदवारहरुलाई प्रधानाध्यापकको जिम्मेवारी दिईएको गाउँपालिकाका सुचना प्रविधी अधिकृत सन्तोष सापकोटाले जानकारी दिनुभयो ।
गाँउपालिकाको वडा नम्बर २ मा रहेको श्री महेन्द्र माविमा बद्री बहादुर तामाङ, वडा नम्बर ७ मा रहेको राजेश्वरी माविमा सुदर्शन पराजुली, वडा नम्बर ९ मा रहेको श्री सिपा तिनधारा जनता माविमा महेन्द्र कुमार तामाङ, वडा नम्बर ११ मा रहेको श्री सेतिदेवी माविमा मधु न्यौपाने, वडा नम्बर ३ मा रहेको श्री सिंहमती माविमा तेजराज पनेरु, वडा नम्बर १२ मा रहेको श्री भिमेश्वरी माविमा कृष्णप्रसाद श्रेष्ठ र वडा नम्बर ४ मा रहेको श्री नवलपुर माविमा सुरेन्द्रमान श्रेष्ठ नियुक्त हुनुभएको छ ।
गाउँपालिकाको सामुदायिक विद्यालयमा प्रधानाध्यापक छनौट तथा नियुक्ति सम्वन्धी कार्यविधि २०८० को दफा १० बमोजिम उम्मेदवारहरुको एकमुष्ट योग्यताक्रम सहितको नतिजा प्रकाशन गरिएको गाउँपालिकाद्धारा जारी सुचनामा उल्लेख गरीएको छ ।
आइतबार भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपाल, उपाध्यक्ष शाेभना तामाङ, प्रमुख प्रसासकीय अधिकृत पुर्ण प्रसाद दुलाल, शिक्ष युवा तथा खेलकुद शाखा प्रमुख मिन बहादुर धामि लगाएतको उपस्थीती रहेको थियो ।