इन्द्रावती नदिमा निर्मित बेलिबृजको मन्त्री बस्नेतद्वारा उद्घाटन हुने

* # समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, मेलम्ची ।
इन्द्रावती नदि पुल (मेलम्ची बेलिबृज) निर्माण सम्पन्न भएको छ । पुल निर्माण सम्पन्न भए सँगै यहि असार २२ गते बिशेष कार्यक्रम गरी उद्घाटन गरिने भएको छ ।

बागमती प्रदेश सभा सदस्य कृष्ण कुमार तामाङ (समीर) को संयोजकत्वमा पुलको उद्घाटन कार्यक्रम हुने तामाङका सचिवालय सदस्य सम्राट राउतले जानकारी दिननुभयो ।

नेपाल सरकारका स्वास्थ तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यता र नेपाली सेनाका महारथी, प्रधानसेनापती प्रभुराम शर्माको विशेष आतिथ्यतामा उक्त पुल उद्घाटनको तयारी भएको पनि राजतले जनकारी दिनुभयो ।

साथै उक्त दिन १२ः३० बजे हुने उद्घाटन कार्यक्रममा उपस्थितीको लागी सबैमा आह्वान समेत गरिएको छ ।

Leave a Reply