अदालतबाट मुद्वाकाे किनारा नलागी प्रअ छनाैट प्रकृया अघि नबढाउनु : इन्द्रावती कांग्रेस

* # पालीका खबर शिक्षा समाचार समाज सिन्धुपाल्चोक

सिन्धुपाल्चाेक जिल्लाकाे इन्द्रावती गाउँपालिकाले संघिय शिक्षा ऐन तथा नियमावली संग बाझीने गरि सामुदायिक विद्यालयका ‘प्रधानाध्यापक छनाैट प्रकृया’ अघि बढाएकाे भन्दै साे प्रकृया स्थगन गर्न नेपाली कांग्रेस इन्द्रावती गाउँपालिकाले अपिल गरेकाे छ ।

सम्मानित उच्च अदालतमा मुद्वा दायर भइसकेकाे र साे मुद्वा किनारा नभइसकेकाे अवस्था रहेकाे कांग्रेस द्वारा जारि गरिएकाे ध्यानाकर्षण पत्रमा भनिएकाे छ ।

शिक्षकहरूकाे पेशागत संगठन ‘नेपाल शिक्षक संघ’ले समेत प्रधानाध्यापक छनाैट प्रकृया स्थगन गर्न गाउँपालिकाकाे ध्यानाकर्षण गराएकाे छ ।

‘प्रधानाध्यापक छनाैट प्रकृया’ संघिय शिक्षा ऐनसंग बाझिएकाे र साे बिषयकाे मुद्वा उच्च अदालतमा बिचाराधिन रहि मुद्वाकाे किनारा नलागी चालुमा अवस्थामा रहेकाले मुद्वाकाे नहुन्जेल तथा अदालत र शिक्षककाे पेशागत संगठन नेपाल शिक्षक संघ लगायतकाे माग अनुसार हाललाई उक्त प्रधानाध्यापक छनाैट प्रकृया स्थगनका निम्ति इन्द्रावती गाउँपालिका समक्ष नेपाली कांग्रेस इन्द्रावती गाउँपालिका कार्यसमिति हार्दिक अपिल गर्दछ’, सभापती जीवन कुमार थापामगर द्वारा जारी गरिएकाे ध्यानाकर्षण पत्रमा भनिएकाे छ ।

अदालतबाट मुद्वाकाे किनारा नलाग्दै छनाैट प्रकृया जवर्जस्ती गर्दा शैक्षिक वातावरण समेतमा असहजता हुने ध्यानाकर्षण पत्रमा भनिएकाे छ ।

२०८० जेठ २६ गते खुल्ला प्रतिस्पर्धा बाट प्रधानाध्यापक नियुक्ती गर्ने भन्दै गाउँपालिकाले सूचना प्रकासन गरेकाे थियाे तर आवस्यक संख्यामा आवेदन नपरेकाे भन्दै गाउँपालिकाले २०८१ बैशाख १८ गते पुन १५ दिने सूचना प्रकासन गरेकाे छ ।

नेपाली काँग्रेस इन्द्रावतीकाे ध्यानाकर्षण पत्र :

नेपाल शिक्षक संघकाे ध्यानाकर्षण पत्र :

गाउँपालिकाद्वारा दाेस्राे पटक प्रकाशित सुचना :

Leave a Reply