इन्द्रावती गाउँपालिकाको सिम्पालकाभ्रेमा बृहत स्वास्थ्य शिविर सम्पन्न

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य

इन्द्रावती गाउँपालिकाको वडा नम्बर १ सिम्पालकाभ्रेमा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा शिविर सम्पन्न भएको गाउँपालिकाका सुचना प्रविधि अधिकृत सन्तोष सापकोटाले जानकारी दिनुभयो ।

वडा नम्वर १ का नागरिक लाई केन्द्रमा राखेर ईन्द्रावति गाउँपालिकाको आयोजना र जर्मन नेपाल सहयोग संघको सहयोगमा सिम्पालकाभ्रेमासञ्चालित शिविरमा वडाका नागरीकले सेवा लिएको वडा नम्बर १ का वडा अध्यक्ष चिनलाल तामाङले जानकारी दिनुभयाे ।

शिविरमा सामान्य चेकजाँच गराउने २ सय ३८ जना, स्त्री तथा प्रसुति रोग जाँज गराउने ८१ जना, दाँत सम्बन्धि चेकजाँच तथा उपचार गराउने ९१ जना, आँखा सम्बन्धि चेकजाँच तथा उपचार गराउने १ सय ७७ जना रहेको गाँउपालिकाका सिनियर अहेव अधिकृत अनिरूद्र तिमल्सिनाले जानकारी दिनुभयाे । जसमध्ये माेतियाबिन्दुकाे अप्रेसन गर्नुपर्ने २४ जना, ३० जनालाई चस्मा वितरण, सामान्य उपचार १ सय २३ जनालाई गरिएको तिमिल्सिनाले बताउनुभयाे ।

शिविरमा क्षयरोगको शँका लागेका ३८ जनाको खकार परीक्षण गरीएको थियो । ६६ जनाको भिडियाे एक्स रे गरीएको छ । क्षयरोग तथा कृष्ठरोग परीक्षणको विस्तृत विवरण ३ दिनपछी आउने सिनियर अहेव अधिकृत तिमल्सिनाले जानकारी दिनुभयाे ।

गाँउपालिकाको विभिन्न स्थानमा बृहत स्वास्थ्य शिविर सञ्चालन हुने छ । बैशाख २० गते इन्द्रावती १० काे भाेटसिपा स्वास्थ्य चाैकीमा शिविर हुने गाउँपालिकाले जनाएकाे छ ।

त्यस्तै त्यस्तै क्षयराेग तथा कुष्ठराेग स्कृनिङ शिविर बैशाख २२ गते इन्द्रावती १२ काे भिमटार स्वास्थ्य चाैकी र २३ गते इन्द्रावती ६ काे बांडेगाउँ स्वास्थ्य चाैकीमा हुने तिमल्सिनाले जानकारी दिनुभयाे ।

Leave a Reply