इन्द्रावती गाउँपालिकाको खुतुमेमा बृहत स्वास्थ्य शिविर सम्पन्न

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य

इन्द्रावती गाउँपालिकाको वडा नम्बर ३ को खुतुमेमा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा शिविर सम्पन्न भएको गाउँपालिकाका सुचना प्रविधि अधिकृत सन्तोष सापकोटाले जानकारी दिनुभयो ।

वडा नम्वर २ र ३ का नागरिक लाई केन्द्रमा राखेर ईन्द्रावति गाउँपालिकाको आयोजना र जर्मन नेपाल सहयोग संघको सहयोगमा खूतुमेडाँडामा सञ्चालित शिविरमा वडा नम्बर २ र ३ का नागरीकले सेवा लिएको वडा नम्बर २ का वडा अध्यक्ष श्याम बहादुर गिरीले जानकारी दिनुभयाे ।

शिविरमा सामान्य चेकजाँच गराउने ३ सय २० जना, स्त्री तथा प्रसुति रोग जाँज गराउने ८८ जना, दाँत सम्बन्धि चेकजाँच तथा उपचार गराउने ९३ जना, आँखा सम्बन्धि चेकजाँच तथा उपचार गराउने २ सय ३८ जना रहेको गाँउपालिकाका सिनियर अहेव अधिकृत अनिरूद्र तिमल्सिनाले जानकारी दिए । जसमध्ये अप्रेसन गर्नुपर्ने ५० जना, २५ जनालाई चस्मा वितरण, सामान्य उपचार १ सय ६३ जनालाई गरिएको तिमिल्सिनाले बताउनुभयाे ।

शिविरमा क्षयरोगको शँका लागेका ३८ जनाको खकार परीक्षण गरीएको थियो । कुष्ठरोगको शँका लागेका ५६ जनाको परीक्षण गरीएको छ । क्षयरोग तथा कृष्ठरोग परीक्षणको विस्तृत विवरण ३ दिनपछी आउने सिनियर अहेव अधिकृत तिमल्सिनाले जानकारी दिनुभयाे ।

गाँउपालिकाको विभिन्न स्थानमा बृहत स्वास्थ्य शिविर सञ्चालन हुने छ । बैशाख १९ गते इन्द्रावती १ काे सिम्पालकाभ्रे स्वास्थ्य चाैकी र २० गते इन्द्रावती १० काे भाेटसिपा स्वास्थ्य चाैकीमा शिविर हुने गाउँपालिकाले जनाएकाे छ ।

त्यस्तै त्यस्तै क्षयराेग तथा कुष्ठराेग स्कृनिङ शिविर बैशाख २२ गते इन्द्रावती १२ काे भिमटार स्वास्थ्य चाैकी र २३ गते इन्द्रावती ६ काे बांडेगाउँ स्वास्थ्य चाैकीमा हुने तिमल्सिनाले जानकारी दिनुभयाे ।

Leave a Reply