हेलम्बुले वनमा डढेलाे लगाउनेकाे स–प्रमाण जानकारी गराएमा नाम गोप्य राखी ५० हजार दिने

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

पछिल्ला दिनहरुमा बन डढेको घटना बढिरहेका छन् । बन डढेलोका कारण निस्किएको धुवाँको त्वालोले अहिले आकाश ढाकेको छ । तर बनमा डढेलो लगाउने ब्यक्ति पहिचान गर्न नसक्दा दिन प्रतिदिन यस्ता घटनाहरुले प्रसय पाइरहेका छन् ।

त्यस्ता क्रियाकलापहरूबाट वन क्षेत्र लगायत मानव स्वास्थ्य तथा समग्र वातावरणमा नै नकारात्मक प्रभाव पर्ने भएकाले यस्ता घटनालाई नियन्त्रण गर्न सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले बन डढेलोमा संलग्न व्यक्तिको बारे स–प्रमाण जानकारी गाउँपालिकामा गराएमा सूचनादाताको नाम गोप्य राखी निजलाई ५० हजार पुरस्कार प्रदान गरिने गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत धनध्वज लामा द्धारा जारी सुचनामा उल्लेख छ ।

आम नागरिकलाई असर गर्ने र कानुनले समेत बर्जित गरेको विषयमा दिनप्रतिदिन आगलागीको घटना घटेकाले यसलाई नियन्त्रणमा लिन पुरस्कारको ब्यबस्था गरिएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो । हेलम्बुबासी लगायत सम्बद्ध सबैमा वन क्षेत्रमा डढेलो लगाउने जस्ता कुनै पनि कार्य नगर्नु हुन समेत सुचना मार्फत आग्रह गरिएको छ । अन्यथा वन ऐन २०७६ को दफा ५० को उपदफा (४) लगायतका प्रचलित नियमानुसार कानुनी कारबाहि गरिने सुचनामा उल्लेख छ ।

Leave a Reply