रेडियो मिसन
पूर्व अरनिको यातायातको अध्यक्षमा केदार क्षेत्र निर्वाचित हुनुभएको छ । प्रत्यासी नृपध्वज महत र व्यवसायी उद्धव गौतमलाई पराजित गर्दै क्षेत्री अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
काभ्रेपलाञ्चोकको बनेपामा हिजो सम्पन्न मतदानमा ५८२ जना व्यवसायीहरुले मतदान गरेका थिए । त्यसमा सबैभन्दा बढि मत क्षेत्रीले पाउनुभएको हो । अध्यक्षमा निर्वाचित क्षेत्रीले २९७ मत प्राप्त गर्दा गौतमले १२६ र महतले ११८ मत प्राप्त गरेका थिए ।
क्षेत्रीले यसअघि पनि अरनिको यातायातको नेतृत्व सम्हालिसक्नुभएको छ । २०७४ सालको निर्वाचनमा क्षेत्रि नेकपा एमालेको तर्फबाट सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । पछिल्लो समय क्षेत्रि नेपाली कांग्रेसमा प्रवेश गरी सक्रिय राजनीतीमा रहनुभएको छ ।
अरनिको यातायातले दोलखा, सिन्धुपाल्चोक, रामेछापलगायत जिल्लाहरुमा यातायात सेवा संचालन गर्दै आएको छ ।
सरकारले सार्वजनिक यातायातलाई कम्पनी मातहत लैजाने निर्णय गरेपछि अरनिको यातायात सेवा समिति पुर्व अरनिको यातायात प्रालिको रुपमा संचालन हुँदै आएको छ ।