विचारमा स्पष्टता, विधिको संगठन, जुझारू कार्यकर्ता, समृद्धिको अभियान भन्ने मूल नाराका साथ नेकपा एमाले इन्द्रावती गाउँपालिकाको दोस्रो पालिका अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ । आज एक कार्यक्रमका विच वडा नम्बर ६ को आँपचौरमा अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको हो ।
नेकपा एमालेको केन्द्रीय कमिटी सचिव पध्मा अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अर्यालले देश विकास नेकपा एमालेले मात्रै गर्ने बताउनुभएको छ । देश र जनताको समृद्धीका लागि एमाले निरन्तर लागिरहेको उहाँले बताउनुभएको छ । आगामि दिनमा कार्यकर्तालाई उत्पादनसंग जोड्दै लान सकेमा संगठन अझै मजबुत हुने उहाँको तर्क थियो । संगठनको नेतृत्व गर्नेहरुमा भिजन पनि हुन जरुरी रहेको अर्यालले बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले स्थायी कमिटी सदस्य शेर बहादुर तामाङले भर्खरै मात्र जिल्ला अधिवेश सकीएको र धमाधम पालिका अधिवेशनहरु भईरहेको जानकारी दिनुभयो । आगामि नेतृत्व वडा तहदेखि नै संगठनलाई मजबुत बनाँउदै लानुपर्नेमा जोड दिनुभएको छ । संगठनमा को भयो भन्दा पनि भिजन के छ भन्ने कुरा महत्वपुर्ण रहेको तामाङले बताउनुभयो । पार्टीमा सबैको समानुपातिका सहभागिता रहने बैधानिक व्यावस्था रहेकोेले सबैको उत्तिकै भूमिका रहने उहाँले बताउनुभयो । मुलुकमा परीवर्तनको काम गर्ने नेकपा एमाले भएको पनि उहाँको जिकीर रहेको थियो ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै सिन्धुपाल्चोक जिल्ला ईन्चार्ज तथा नेकपा एमाले पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले जनतालाई सरकार छ भन्ने आभाष हुन नेकपा एमालेले नेतृत्वमा रहनुपर्ने बताउनुभयो । अधिवेशनको सार्थकता भनेको आगामि निर्वाचनको नतिजामा भर पर्ने बास्कोटाले बताउनुभयो । निर्वाचित भईसकेकाहरुले जनताको मन जितेर आगामि दिनमा जिल्लाका सबै पालिका र सबै निर्वाचन क्षेत्रमा नेकपा एमालेलाई विजयी गराउन सबै एक ढिक्का भएर लाग्नुपर्ने बताउनुभयो ।
नेकपा एमाले सिन्धुपाल्चोकका जिल्ला अध्यक्ष होम नारायण श्रेष्ठले मित्रवत रुपमा नेतृत्व चयन गर्नुपर्ने सुझाव दिनुभएको छ ।
कार्यक्रममा बागमति प्रदेश कमिटी सदस्य झम्कनाथ नेपाल, पूर्व जिल्ला अध्यक्ष कमल नेपाल लगाएतले शुभकामना मन्वब्य राख्नुभएको थियो । गाउँ कमिटी अध्यक्ष शशिनाथ आचार्यको अध्यक्षतामा भएको कार्यक्रम सचिव रामशरण गिरीले सञ्चालन गर्नुभएको थियो । भर्खरै सम्पन्न जिल्ला अधिवेशनबाट निर्वाचित पदाधीकारीहरुलाई नेकपा एमाले इन्द्रावती गाउँपालिका कमिटीले सम्मान गरेको थियो ।
अहीले बन्दसत्र जारी रहेको छ । आज नै नेतृत्व चयन गर्ने तयारी रहेको छ