रेडियो मिसन ।
आज शुक्रबार विहान पिस्कर धारवतीमा जन्ती बोकेको सवारी दुर्घटनामा मृत्यु भएका ३तीनै जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा दोलखा भिमेश्वर नगरपालिका १ का १७ वर्षीय शिव श्रेष्ठ, ७० वर्षीय मान बहादुर थामी र दिपेन्द्र थामी रहेका छन् ।
दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा ४ ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी गाउँपालिका–५ धारावतीमा आज बिहान ७ बजे दुर्घटना तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो ।
दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी चौताराको सिन्धु सदाबहार अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभयो ।
दुर्घटनामा ५२ जना घाइते भएका छन् । भिमेश्वर( १ बाट स्थानीय शुसिल थामीको विवाहको लागि दोलखाबाट बिहान साढे ३ बजे जन्ती बोकेर बस हिँडेको घाइते एन्जिला थामीले बताउनुभयो । सडक नै भासिएर दुर्घटना भएको उहाँँदे बताउनुभयो । उहाँका अनुसार बस चालकले मादक पदार्थ सेवन गरेका थिएनन् । बस त्रिपुरासुन्दरी– ५ धारावतीबाट १०० मिटर तल खसेको थियो ।
गम्भिर घाइते हुनेहरु
१ दोलखा बस्ने बर्ष २१ को स्वस्थानी तामाङ ।
२ दोलखा बस्ने वर्ष २५ को प्रकास तामाङ ।
३ दोलखा भिमेश्वर नगरपालिका १ वस्ने वर्ष ४४ को ज्ञान बहादुर तामाङ ।
४ दोलखा बस्ने बर्ष ३४ को दल बहादुर तामाङ ।
५ दोलखा कालिन्चोक गाउँपालिका ९ बस्ने वर्ष २४ को सिँह बहादुर लामा ।
६ दोलखा भिमेश्वर नगरपालिका १ बस्ने बर्ष १७ को ईश्वर थामी ।
७ दोलखा सुन्दरावती गाउँपालिका ९ बस्ने बर्ष १९ को लक्ष्मण थामी ।
बाकी ४५ जना घाईतेहरुको स्थानिय मेडिकलमा उपचार भइरहेको छ । सो बसमा ५५ जना सवार थिए ।