मानव जीवनका लागि योग अपरिहार्य छ : नगर प्रमुख तामाङ

* # जीवन शैली पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले मानव जीवनका लागि योग अपरिहार्य रहेको बताउनुभएको छ । मानिसको शारीरिक एवं मानसिक तनाव मुक्त गर्न योग अति आवश्यक रहेकाले यो दैनिक रुपमा गर्नुपर्नेमा नगर प्रमुख तामाङले जोड दिनुभएकाे छ ।

मेलम्ची नगरपालिकाको आयोजना र महिला पतंञ्जली योग समिति सिन्धुपाल्चोकको समन्वयमा जारी सह–योग शिक्षक प्रशिक्षण तालिममा आयोजित नयाँबर्षको सुभकामना आदानप्रदान कार्यक्रममा नगर प्रमुख तामाङले नगरपालिकामा जारी रहेको योगाभ्यासलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले मेलम्चीमा योग सुरु भएको २७ औं दिन भएकाले यसलाई निरन्तरता दिनका लागि उपयुक्त स्थानको छनोट गरि आगामी दिनमा योग साधना लाई सम्पुर्ण नगरवासी माझ पुर्याउने बताउनुभयो । कार्यक्रममा पतंजली योग समिति नेपाल बागमती प्रदेश प्रमुख ग्रोविन तौजल, बागमती प्रदेश सदस्य दमनकुमार श्रेष्ठ, पतंजली योग समिति काभ्रेका उपाध्यक्ष प्रकाश कायस्थ, बनेपा नगर समिति संयोजक मनिषा बढाल, महिला पतंजली योग समिति सिन्धुपाल्चोकका उपाध्यक्ष कविता रावत लगायतले नयाँ बर्षको सुभकामना सँगै योगको महत्वका बारेमा जानकारी गराउनुभयो ।

शारीरिक रूपमा स्वस्थ, मानसिक तवरले शान्त र अध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई योग भनिने महिला पतंजली योग समिति सिन्धुपाल्चोकका उपाध्यक्ष कविता रावतले बताउनुभयो । योग विभिन्न किसिमका हुने भन्दै यम, नियम, आसन, प्राणायाम, धारणा, ध्यान, समाधि र त्याग नै मुख्य भएको रावतले बताउनुभयो । कार्यक्रममा वडा नम्बर ९का अध्यक्ष किरणदिप खड्का लगायत योग साधनामा सहभागी हरुले समेत अहिले सम्मको योगाभ्यासले आफ्नो शरिरमा आएको परिवर्तन बारे अनुभव सुनाउनुभएको थियो ।

Leave a Reply