रेडियो मिसन, नवलपुर ।
बाह्रविसे नगरपालिका २ डाँडा टोलमा कुटपिटका कारण एक पुरुषको ज्यान गएको छ । बाह्रबिसे २ डाँडा टोल बस्ने २९ वर्षीय मिन बहादुर तामाङको ज्यान गएको हो ।
मृतक तामाङले मादक पदार्थ सेवन गरी पौष ४ गते सोही ठाँउमा बस्ने १८ बर्षिय पासाङ लामा शेर्पालाई अस्लिल शब्द प्रयोग गरी गालि गरेको विषयलाई लिएर पासाङ लामा शेर्पा र निजको श्रीमान राजु लामा तामाङले गम्भिर घाईते हुने गरि कुटपिट गरेका थिए ।
घाईतेको उपचारको क्रममा शनिबार बिहान ०४ः३० बजेको धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । कुटपिटमा संलग्न पासाङ लामा शेर्पा र निजको श्रीमान राजु लामा तामाङलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय बाह्रविसेमा राखेर थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी शिव कुमार बुढाथोकीले जानकारी दिनुभयो ।