नवलपुर ।
इलाका प्रहरी कार्यालय नवलपुरले जबरजस्ती करणी सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको छ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाको निर्देशन अनुसार नवलपुर बजारमा यस कार्यक्रम गरिएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी सहायक निरीक्षक मिसेल चित्रकारले बताउनुभयो ।
समुदाय स्तरमा हुने विभिन्न घरेलु हिंसा बलात्कार जबरजस्ती करणी लगायतका घटनाहरू रोकथाम तथा त्यस्ता घटनाहरू हुनबाट बच्न जिल्लाको निर्देशन अनुसार बेलाबेला यस्तो कार्यक्रमहरु गरिने गरेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
विशेषगरी समुदाय स्तरमा जनचेतना फैलाउने उद्देश्यले यस्ता कार्यक्रम गर्ने गरेको जनाएको छ।
कार्यक्रममा समुदाय स्तरमा हुने गरेका विभिन्न घटनाहरू हुने कारण र यसबाट बच्न अपनाउन पर्ने तरिकाहरूका बारेमा जानकारी गराइएको थियो।
कार्यक्रममा प्रहरी सहायक निरीक्षक मिसेल चित्रकार, प्रहरी जवान बब्लु क्षेत्री लगायत स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो।